काठमाडौं–ललितपुर महानगरपालिकामा ३४ हजार ३१९ मत गणना हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले ७ हजार ७०३ मतको अग्रता लिएका छन्।
चिरिबाबुले १७ हजार ८९१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० हजार १८८ मत प्राप्त गरेका छन्। उपमेयरतर्फ नेकपा एमालेका मञ्जलीशाक्य बज्राचार्यले ९ हजार ९३५ र गठबन्धनका उम्मेदवार बाबुराज बज्राचार्यले ४ हजार ९६९ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।