काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य रप्तारले बढिरहेको छ । निरन्तर वृद्धि हुँदै रेकर्ड बन्दै आएको सुनको मूल्य बिहीबार आज अहिले सम्मकै उच्च मूल्यमा पुगेको छ । आज सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कारोवार भइरहेको छ ।
बुधबारको तुलनामा सुन आज ३ हजार ६ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस अघि बुधबार दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार १९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १९६० रुपैयाँ पुगेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।