चितवन- भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्।
सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी हुन् । ४५ हजार ७६२ मत गणना हुँदा उनले मेयरमा ३ हजार २६४ मतको अन्तर बनाएकी हुन्।
दाहालले १७ हजार २९० मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १४ हजार ०२६ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ७ हजार ४० मत पाएका छन्।
त्यस्तै उपमेयरमा चित्रसेन अधिकारी १९ हजार ८४८ मत पाएका छन् भने उपमेयरमा राप्रपाकी हिमला गुरुङले ११ हजार २१९ मत पाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।