काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले २६ हजार ३ सय ८८ मतसहित अग्रता कायम गरेका छन्।
पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका केशव स्थापितले १४ हजार २ सय ३० मतसहित पछ्याइरहेका छन्।
कांग्रेसकी सिर्जना सिंहले जम्मा १३ हजार २ सय ७८ मत प्राप्त गरेकी छिन्। राप्रपाका मदनदास श्रेष्ठले २ हजार ६ सय ५५ मत ल्याएका छन्।
उपमेयरमा भने एमालेकी सुनिता डंगोलले २६ हजार ३ सय ११ मत पाएकी छिन्। उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५ सय २१ मत मात्रै प्राप्त गरेका छन्।
हालसम्म ७० हजार ५ सय ३५ मतको गणना सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।