काठमाडौं- ललितपुर महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका चिरिबाबु महर्जनलाई ८ हजारभन्दा बढी मतको अग्रता कायम रहेको छ।
पछिल्लो सार्वजनिक मत परिणाम अनुसार महर्जनले १९ हजार ३२४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १० हजार ६१० मत प्राप्त गरेका छन्।
महर्जनले व्यञ्जनकार भन्दा ८ हजार ७१४ मतको अग्रता लिएका छन्।
उपमेयरतर्फ भने गठबन्धनको उम्मेदवारलाई पछि पार्दै एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यको १० हजार ४०० मत पाएकी छिन्। गठबन्धनका उम्मेदवार बाबुराजा बज्राचार्यको ७ हजार १६८ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।