काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका उपेन्द्र कार्कीले ११ हजार ३२२ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत प्राप्त गरेर पराजित भए। नेकपा एकीकृत समाजवादीका कृष्णहरी थापाले ३ हजार ५५६ मत प्राप्त गरे।
कागेश्वरीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका थिए। प्रमुखमा कांग्रेस विजयी भए पनि उपप्रमुखमा भने गठबन्धनका उम्मेदवार पराजित भएका छन्। उपप्रमुखमा नेकपा एमालेकी शान्ता थापाले ९ हजार ९७५ मत ल्याएर निर्वाचित भइन्।
गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार भोला चापागाईंले ५ हजार ४२२ मत प्राप्त गरे। नेकपा एकीकृत समाजवादीकी सरस्वती नेपालले २ हजार ६९३ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।