कालीकोट– कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। नगरप्रमुखमा धर्मराज शाही विजयी भएका हुन्।
शाहीले ३ हजार ४७ मत प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दयाराम सिंम्खडाले २ हजार ११७ मत ल्याए।
उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का मनिराज बराल विजयी भएका छन्। बरालले २ हजार ८०९ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले एक हजार ३०१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
रास्कोटमा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।