सुनसरी– सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
नगरप्रमुखमा वेदनारायण गच्छदार र उपप्रमुखमा मेनुका पोखरेल विजयी भएका छन्। गच्छदार दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन्।
गच्छदारले ११ हजार ९१६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनयकुमार पोखरेलले ११ हजार ४६१ मत ल्याए।
त्यसैगरी, उपप्रमुखमा कांग्रेसकी पोखरेल ११ हजार ९६ मतसहित विजयी बनिन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका सरोजकुमार सिंहले पाँच हजार ४४ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।