काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। उपमेयरमा भने नेकपा एमालेले जित हासिल गरेको छ।
नेपाली कांग्रेसका मोहन बहादुर बस्नेत १० हजार १८६ मत ल्याएर नागार्जुनको मेयर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका नन्दन हरि गौतमले ८ हजार ३६८ मत ल्याए।
मेयरमा राप्रपाका ध्रुव प्रसाद खनालले २ हजार ४६९, स्वतन्त्र उम्मेदवार राजन कोइरालाले ५२३ र माओवादी केन्द्रकी सरस्वती सुनारले ४२१ मत ल्याए।
उपमेयरमा भने नेकपा एमालेकी सुशीला अधिकारी ९ हजार ४७४ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिस्पर्धी राप्रपाकी कल्पना नेपालीले २ हजार ७५३ मत ल्याइन्।
उपमेयरमा एकीकृत समाजवादीका कृष्ण हरि खत्रीले २ हजार १२६ र माओवादी केन्द्रका प्रताप दानीले १ हजार ६५६ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।