काठमाडौं- काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत गणना राजधानीको प्रदर्शनीमार्थस्थित राष्ट्रिय सभागृहमा जारी रहेको हो।
शनिबार साँझ सवा ६ बजेसम्मको गणना अनुसार स्वतन्त्र तर्फका उम्मेदवार बालेन साहले अग्रता फराकिँलो बनाउँदै लगेका छन्।
उनले ३५ हजार ७५१ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९ हजार ५ सय १५ मत पाएका छन्। गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार सिर्जना सिंहले १९ हजार ४५८ मत पाएकी छन्।
बालेन र केशवबीच १६ हजार २३६ मतको अन्तर रहेको छ।
बालेनले ३६ प्रतिशत मत पाउँदा स्थापितले २० प्रतिशत मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।