काठमाडौं– सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका छन्।
पौडेलले ३३ हजार ४९ मत ल्याउँदा उनका निकटमत् प्रतिस्पर्धी एमालेका याम कुमार सुब्बाले २८ हजार ३१ मत ल्याए।
यस्तै, उपमेयरमा भने नेकपा एमालेकी संगीता कुमारी चौधरी निर्वाचित भएकी छन्।
चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्टले १८ हजार ३१ मत मात्र ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।