काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ। एमालेका उम्मेदवार टिकाराम खड्काले १५ हजार ४०५ मतसहित अग्रता लिइरहेका छन्।
उनका प्रतिस्पर्धी सत्ता गठबन्धको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत पाएका छन्। उनीहरूबीच ८११ मतको अन्तर छ।
उपमेयरमा पनि एमालेकै अग्रता छ। उपमेयरमा एमालेकी स्यानी चौधरीले १४ हजार ६१५ मत ल्याएकी छन्। एकीकृत समाजवादीका जोगबहादुर राणाले १० हजार ८९२ मत ल्याएका छन्। उनीहरूबीच ३ हजार ७२३ मतान्तर छ।
एमालेले यसअघि दाङको अर्को उपहानगर घोराहीमा मेयर, उपमेयर जितिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।