पाँचखाल– काभ्रेको पाँचखाल नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार महेश खरेलले अग्रता लिएका छन्। वडा नम्बर १० सम्मको मतगणना सकिँदा खरेलले ९ हजार ९३७ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका कञ्चन अधिकारीले ६ हजार ४७ मत प्राप्त गरेर पछ्याइरहेका छन्।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रका चेतप्रसाद गौतमले ७ हजार १५८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी सूर्यमाया दनुवारले ६ हजार ९५१ मत प्राप्त गरेकी छन्।
मतगणना सम्पन्न भएको वडामध्ये वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्रका जयबहादुर तामाङ, वडा नम्बर २,३, ४,७ र ८ को वडाध्यक्षमा नेपाली कांग्रेसका क्रमशः रामेश्वर दाहाल, सुन्दर अधिकारी, सुन्दर तामाङ, रामकृष्ण दङ्गाल र सञ्जय तामाङ विजयी भएका छन्। यस्तै, वडा नम्बर ५ को वडाध्यक्षमा एमालेका सीताराम ढुङ्गाना, वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका रामशरण दुलाल, वडा नम्बर ९ र १० मा एमालेका क्रमशः रामकाजी श्रेष्ठ र नारायणप्रसाद सापकोटा विजयी भएका छन्।
१३ वटा वडा रहेको पाँचखालमा ३ वडाको मतगणना जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।