महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
नेकपा एमालेका उम्मेदवार रणबहादुर महरा ६ हजार ७७३ मत प्राप्त गरेर प्रमुखमा निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका चीन्तामणी भट्टलाई पराजित गरे। भट्टले ६ हजार २६४ मत प्राप्त गरे। यहाँ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका थिए। गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नवराज ऐरले ५ हजार २२५ मत प्राप्त गरे।
उपप्रमुखमा नेपाली कांग्रेसकी कल्पनाकुमारी जोशी ६ हजार ५१९ मत प्राप्त गर्दै विजयी भइन्। उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका माधवप्रसाद पन्तले ५ हजार ३६० मत प्राप्त गरे। नेकपा एमालेकी उम्मेदवार मोनिका कुमारी भण्डारी (भट्ट)ले ५ हजार २३६ मत प्राप्त गरिन्।
२०७४ को स्थानीय तहको निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।