काठमाडौं– भरतपुर महानगरपालिकामा जारी मतगणनाको पछिल्लो अध्यावधिक परिणाम प्राप्त भएको छ। प्राप्त पछिल्लो मतपरिणामअनुसार सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेकी छन्।
९६ हजार ३११ मत गणना हुँदा मेयर पदका उम्मेदवार रेणुले ३७ हजार ९२८ मत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीद्ये २९ हजार ६३३ मत प्राप्त गरेका छन्। विजयभन्दा रेणु ८ हजार २९५ मतले अगाडि छन्।
मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२ हजार ४६३ मत प्राप्त गरेका छन्।
उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार अगाडि छन्। गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ४० हजार १२१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमाले–राप्रपा गठबन्धनबाट राप्रपाकी उम्मेदवार हिमला गुरूङले २३ हजार ४४३ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।