झापा– झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले निर्वाचित भएका छ्न।
उनले १२ हजार ८६८ मत ल्याए। उनका प्रतिस्पर्धी नेकपा एमालेका भीम राईले नौ हजार ६५३ मत पाएको निर्वाचन आयोगले जनाएको छ।
उनी अघिल्लोपटकको निर्वाचनमा गोलाप्रथाबाट पराजित भएका थिए। बराबर मत ल्याएपछि गरिएको गोलाप्रथामा मेनुका काफ्ले विजयी बनेकी थिइन्।
गाउँपालिको उपाध्यक्षमा भने एमालेकी प्रमिला न्यौपाने तिवारी निर्वाचित भएकी छन्। उनले १० हजार ८४५ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका पर्शुराम सुवेदीले आठ हजार ३७१ मत गरे।
सात वटा वडा रहेको कमलमा एमालेले चार, कांग्रेसले एक, माओवादी केन्द्रले एक र एकीकृत समाजवादीले एक वडा जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।