काठमाडौं – लामो समयपछि काठमाडौं उपत्यकामा पानी परेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले काठमाडौंका एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट, मुलपानि लगायतका स्थानमा पानी परेको छ।
महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका केही स्थान र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म पानी परेको छ।
पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट भिएको जलवाष्फयुक्त हावाको असरस्वरूप मौसममा बदली भई पानी परेको मौसमविद् गोविन्द झाले बताए।
उनका अनुसार विहीबार पनि काठमाडौं उपत्यकामा वर्षात् हुने अनुमान छ।
वर्षा भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ भने वायु प्रदूषणबाट नागरिकले राहत पाउने भएका छन्।
त्यस्तै मुलपानी क्रिकेट मैदानमा वर्षाका कारण खेल रोकिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।