काठमाडौं– काठमाडौं महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रतालाई कायमै राखेका छन्।
सार्वजनिक पछिल्लो मत परिणाम अनुसार उनले ४३ हजार ३८२ मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ७७७ मत प्राप्त गरेकी छन्।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५०५ मत प्राप्त गरेका छन्।
उपप्रमुखतर्फ भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ४६ हजार २२१ मत प्राप्त गरेकी छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १५ हजार ४११ मत प्राप्त गरेका छन्।
अहिलेसम्म काठमाडौं महानगरपालिकामा एक लाख २८ हजार ३२ मत गणना भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।