काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ। पछिल्लो मत परिणाम अनुसार एमालेका टिकाराम खड्काले २० हजार ३१९ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेका गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १८ हजार ५०६ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा पनि नेकपा एमालेका उम्मेदवार स्यानी चौधरीले १९ हजार ७८० मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेका गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राना मगरले १३ हजार ७३५ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।