पाल्पा– पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारी पाँच हजार ५८३ मतसहित निर्वाचित भएका छन्।
उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाए।
गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै राधादेवी श्रेष्ठ निर्वाचित भइन्। उनले पाँच हजार ७१९ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्।
उनको प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत पाए। पाँच वडा रहेको रम्भा गाउँपालिकामा एमालेले तीन र कांग्रेसले दुई वडा जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।