काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्वतन्त्र उम्मेदवारलाई जनताको हितमा काम गर्न सघाउनुपर्ने बताएका छन्।
धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित हर्क साङपाङलाई बधाई दिँदै उनले कसरी काम गर्लान्? भनेर प्रश्न नगरी जनताको हितमा काम गर्न सघाउनुपर्ने बताएका हुन्।
सामाजिक सञ्जाल ट्विटरमा बधाई दिँदै शर्भाले भनेका छन्, 'बुलेट´ले उदाएकालाई समेत स्वागत गर्ने लोकतन्त्रले ब्यालेट´बाट आएकालाई सहज आत्मसात गर्नुपर्छl'
धरान-धनगढी या कहीँपनि स्वतन्त्रको जितले मुख्य दलहरुलाई दिएको सन्देश आत्मसात गर्नुपर्ने उनको धारणा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।