• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
स्थानीय तह निर्वाचन परिणाम : राजेन्द्र लिङदेनको नेतृत्वपछि ‘नयाँ राप्रपा’ शक्ति फर्काउँदैछ?
64x64
नेपाल लाइभ बिहीबार, जेठ १२, २०७९  ०९:१५
1140x725

काठमाडौं– हालै सम्पन्न स्थानीय तह निर्वाचनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले अर्को एउटा विभाजन भोग्यो। हरेक एकता महाधिवेशनपछि विभाजन हुँदै आएको राप्रपाबाट यसपटक कमल थापा अलग भए।

कुनै समयका आफ्ना राजनीतिक गुरु थापा बाहिरिएपछि पार्टीलाई उठाउने र साख बचाउने जिम्मा राजेन्द्र लिङदेनको काँधमा आइलाग्यो। भर्खर सम्पन्न भएको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारी पाएका लिङदेनलाई पार्टी माथि उकास्न मात्र होइन, पार्टीलाई सम्हाल्न र नयाँ जोस ल्याउनुपर्ने चुनौती पनि थियो।

पार्टीभित्रको यही कुरा मिलाउन नपाउँदै स्थानीय निर्वाचनमा होमिनुपर्‍यो। लिङदेनले यही अवस्थामा पार्टीलाई अघि बढाउने कोशिस गरे। स्थानीय निर्वाचनका लागि सत्तारुढ दल र प्रतिपक्षमा रहेको दल एक आपसमा गठबन्धन गरिरहेका थिए।

नेपाली  कांग्रेसको नेतृत्वमा सत्तारुढ पाँच दलको गठबन्धन बनेको थियो भने एमालेले पनि लिङदेनसँग अलग भएका कमल थापालाई सूर्य चिह्नमा लड्न दिने सहमति गर्‍यो। 

यसरी प्रतिकूल अवस्था भए पनि लिङदेनले केन्द्रबाट कुनै गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने निर्णय लिए। स्थानीयस्तरमा चितवनको भरतपुरमा एमालेसँग र झापाको दमकमा नेपाली कांग्रेससँग गठबन्धन गर्‍यो। तर, उनको आफ्नै निर्वाचन क्षेत्रको कचनकलव गाउँपालिकामा भने नेपाली कांग्रेस र एमालेले गठबन्धन गरे।

जसका कारण उनले गत वर्ष जितेको उक्त स्थान गुमााए। यसपटक अचम्म लाग्दो रूपमा मत देखिएको मकवानपुरको हेटौंडा हो। कमल थापाको गृहजिल्ला रहेको उक्त उपमहानगरमा राप्रपाले सशक्त उपस्थिति देखायो। मत गणनाको अन्तिम दिनसम्म उक्त महानगरमा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई टक्कर दिइरहे।

राप्रपाका सिंहले सत्ता गठबन्धनबाट उम्मेदवार भएकी एकीकृत समाजवादीकी मीनाकुमारी लामालाई अन्तिम दिनसम्म तनाव दिइरहेका थिए। एमालेका उम्मेदवार अन्नतप्रसाद पौडेलसँग पनि निकट प्रतिस्पर्धामा थिए। उक्त निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीकी लामाले २३ हजार ७५ मत ल्याउँदै जित हात पारिन् भने उनका प्रतिस्पर्धी एमालेका पौडेलले २० हजार ९०८ मत पाए। त्यस्तै तेस्रो भएका राप्रपाका सिंहले २० हजार ५३१ मत पाए।

अन्य केही स्थानीय तहमा पनि राप्रपा प्रतिस्पर्धीको रूपमा देखियो। कतिपय ठाउँमा तेस्रो र चौंथो स्थानमा रहे पनि बलियो उपस्थिति देखायो। देशभर नै उम्मेदवार उठाएको राप्रपाले यसपटक देशभर उल्लेख्य उपस्थिति देखाउन सफल भएको आन्तरिक मूल्यांकन गरेको छ।

राप्रपाले यसपटक उपमहानगर गुमाए पनि काठमाडौंको एक नगरसहित ४ पालिकामा जित हात पार्‍याे। कमल थापाको गृहजिल्ला मकवनापुरको हेटौंडा उपमहानगरमा गठबन्धनका उम्मेदवार र नेकपा एमालेलाई राम्रै टक्कर दिएकाले अबको केन्द्रीय निर्वाचनमा झन् उत्साही भएर जाने वातावरण बनेको राप्रपाको निष्कर्ष छ।

त्यस्तै, राप्रपाले यसपटक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकको प्रमुख जित हात पार्दै एमालेलाई पनि धक्का दियो। 

काठमाडौ महानगरसहित केही स्थानमा स्वतन्त्र उम्मेदवारहरूले अप्रत्यासित रूपमा जित हात पार्दा राप्रपाले विगतमा आफूतिर रहेको, तर २०७० को दशकपछि गुमाएको मत फर्काएको अनुमान गर्न थालिएको छ।

२०७२ सालमा संविधान बनेपछि देश पूर्णरूपमा गणतन्त्रमा गयो, तर राप्रपा दुई ध्रुवमा विभाजित भयो। कमल थापाहरू सक्रिय राजतन्त्रको पक्षमा उभिए भने सूर्यबहादुर थापा र पशुपति शमशेर राणाहरू गणतन्त्रतिर लागे। योसँगै ५० को दशकमा सत्ताको साँचो बोकेको दल किनारामा पुग्यो। यसरी विभाजित हुँदा कमजोर भएको कुरा पञ्चायत पृष्ठभूमिका यी दलका नेताहरूले स्वीकार गर्दै पाँचौपटक पार्टी एकता गरे। एकतासँगै एकता महाधिवेशन पनि भयो। 

तर, महाधिवेशनमा कमल थापा र राजेन्द्र लिङदेन आमुन्ने–सामुन्ने भए। उक्त दौडमा लिङदेनले जित हात पारे। लिङदेनको जितसँगै थापा पार्टीबाट बाहिरिए। तर, लिङदेनले पार्टीलाई कुनै प्रभाव पार्न नदिएकाले अहिले स्थानीय नतिजामा उत्साह देखिएको महामन्त्री भुवन पाठक दाबी गर्छन्। 

२०७४ सालको निर्वाचनमा राप्रपाले एक उपमहानगरसहित चार पालिका जितेको थियो। अहिले पनि चार पालिकामा प्रमुख जितेको छ तर देशभरको मत भने धेरै बढेको पाठकले दाबी गरे। अघिल्लो स्थानीय निर्वाचनमा १२ वडामा वडाध्यक्ष जितेकोमा यस पटक ६० भन्दा धेरै वडामा जितेकाले आफूहरूको मत बढेको प्रष्ट देखिएको पाठक बताउँछन्। 

‘समग्रमा पार्टीले पाएको मत स्वाभाविक भए पनि केही स्थानमा पाएको मत भने हाम्रा लागि उत्साहजनक छ,’ उनले भने ‘स्थापित भएका कांग्रेस र कम्युनिस्ट पार्टीप्रतिको वितृष्णा र वैकल्पिक शक्तिको खोजीमा मतदाता लागेका कारण राप्रपामा आर्कषण देखिएको हो।’ 

‘आफूलाई प्रमुख दल भन्ने पार्टीका प्रतिनिधिहरूको डेलिभरि राम्रो नहुँदा अहिले जनतामा निराशा देखिएको छ,’ उनी थप्छन्, ‘राप्रपाले यही निराशामा विकल्प दिने अजेण्डा अघि सार्ने प्रयास गरेको छ। त्यसैले पहिलाकोभन्दा मत धेरै बढेको हो।’ 

स्वतन्त्र उम्मेदवारको लहरले आफूहरूको भोट काटेको उनले दाबी गरे। आगामी संघ र प्रदेशको निर्वाचनमा झन् धेरै फरक पर्ने बताउँछन्, महामन्त्री  पाठक। आगामी निर्वाचनमा राप्रपा राष्ट्रिय दल बन्दै अहिलेका राजनीतिक दललाई सशक्त दबाब दिने उनको भनाइ छ।

२०७४ सालमा राप्रपाले जितेका स्थानीय तह  :

बाँकेको नेपालगञ्ज उपमहानगरमा प्रमुख 
बाग्लुङको बाग्लुङ नगरपालिका उपप्रमुख  
धादिङको रुवि भ्याली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष  
रुपन्देहीको रोहीणी गाउँपालिकमा उपाध्यक्ष
झापामा कचनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष
झापाकै गौरीगञ्ज र हल्दीबारी गाउँपालिकामा अध्यक्ष

वडाध्यक्षहरू 

धुलिखेल नगरपालिकाको वडा नम्बर ७ 
सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढीको वडा नम्बर २ 
मनाङको नेस्याङ गाउँपालिकोका वडा नम्बर ६ 
घरपोझोङ वडा नम्बर २ 
सुस्ता गाउँपालिकाको वडा नम्बर ३
रुपन्देही ओमसतियाको वडा नम्बर १ र ५
बर्दियाको गुलरियाको वडा नम्बर ७ 
कचनकलवको वडा नम्बर १
कपिलवस्तुको कृष्णनगरको वडा नम्बर १
धनुषाको गणेशमान चारनाथको वडा नम्बर ४

यसपटक प्रमुखमा जितेका स्थानीय तह

शंखरापुर नगरपालिका काठमाडौं 
दमक नगरपालिका झापा
शिवराज नगरपालिका रुपन्देही
हल्दिबारी गाउँपालिका झापा

उपप्रमुख

भद्रपुर नगरपालिका, झापा 
रामग्राम नगरपालिका, नवलपरासी पूर्व 
हल्दिबारी गाउँपालिका, झापा 

वडाध्यक्षहरू 

१.नवलपरासीको सरावल गाउँपालिका–३ को वडाध्यक्षमा फिरंगी चौधरीसहित पूरै प्यानल 
२. विराटनगर महानगरपालिका–१३ को वडाध्यक्षमा सूर्यलाल यादव 
३.शंखरापुर–६ मा वडाध्यक्ष राधाकृष्ण श्रेष्ठसहितको प्यानल 
४.भद्रपुर नगरपालिका–७ को वडाध्यक्षमा अभिषेक ढुंगाना
५.भक्तपुरको चागुनारायण नगरपालिका–७ को वडाध्यक्षमा श्याम नायजु श्रेष्ठ 
६.पाँचथरको फिदिम–१० को वडाध्यक्षमा होमराज थाम्सुहाङ 
७.नवलपरासीको रामग्राम नगरपालिका–९ मा वडाध्यक्ष भोजबहादुर यादवसहितको प्यानल 
८.पाँचथरको फिदिम–४ को वडाध्यक्षमा उपेन्द्र लावती
९.धनुषा गणेशमान चारनाथ नगरपालिका–२ मा वडाध्यक्ष बेचूँ हमालसहितको प्यानल 
१०.काठमाडौं शंखरापुर नगरपालिका–३ को वडाध्यक्षमा सूर्य तामाङ 
११.धादिङको रुविभ्याली–४ मा वडाध्यक्ष प्रशान्त तामाङसहितको प्यानल
१२. धादिङको खनियाबास–३ मा वडाध्यक्ष कमानसिंह तामाङसहितको प्यानल 
१३.रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ मा वडाध्यक्ष नारायणप्रसाद उपाध्याय सापकोटासहितको प्यानल 
१४.रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ मा वडाध्यक्ष मुक्तिनाथ यादव (भोला)सहितको प्यानल
१५.धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ मा वडाध्यक्ष श्यामकुमार आलेसहितको प्यानल 
१६.धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ मा वडाध्यक्ष तेजनारायण (हिरा)सहितको प्यानल 
१७.झापाको भद्रपुर नगरपालिका–३ को वडाध्यक्षमा हेमबहादुर कार्कीसहितको प्यानल
१८. झापाको हल्दिबारी गाउँपालिका–१ मा वडाध्यक्ष देवी थापासहितको प्यानल
१९.बाँकेको नेपालगञ्ज उपमहानगर–२ मा वडाध्यक्ष मनोज श्रेष्ठसहितको प्यानल 
२०.सर्लाहीको कौडेना गाउँपालिका–७ मा वडाध्यक्ष कुमार यादवसहितको प्यानल 
२१.चितवनको माडी नगरपालिका–८ मा वडाध्यक्ष वीरेन्द्र भण्डारी सहितको प्यानल
२२.नवलपरासीको रामग्राम–३ मा वडाध्यक्ष उज्ज्वल न्यौपानेसहितको प्यानल 
२३.नवलपरासीको प्रतापपुर–३ मा वडाध्यक्ष रामनरेश यादवसहितको प्यानल 
२४. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–५ मा वडाध्यक्ष केशव खत्रीसहितको प्यानल
२५.कपिलवस्तुको कृष्णनगर–१ मा वडाध्यक्ष टुङ्गनाथ चौधरीसहितको प्यानल
२६.सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा वडाध्यक्ष लक्ष्मण मेहतासहितको प्यानल
२७.रुपन्देहीको रोहिणी गाउँपालिका–१ मा वडाध्यक्ष मुक्त्तर अहमद पठानसहितको प्यानल
२८.चितवनको माडी नगरपालिका–१ मा वडाध्यक्ष अमित लामासहितको प्यानल
२९.सिद्धार्थनगर नगरपालिका–२ मा वडाध्यक्ष छेदीलाल श्रीवास्तवसहितको प्यानल
३०.नवलपरासी, रामग्राम–१ मा वडाध्यक्ष रुद्रप्रसाद सिंहसहितको प्यानल
३१. डोटीको के.आई. सिंह गाऊँपालिका–७ मा वडाध्यक्ष दिलबहादुर बलायरसहितको प्यानल
३२.बैतडीको सुर्नया गाउँपालिका–२ मा वडाध्यक्ष गणेशबहादुर विष्टसहितको प्यानल 
३३.पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ मा अध्यक्ष उमेश कार्कीसहितको प्यानल
३४.धादिङको खनियाबास गाउँपालिका–१ को वडाध्यक्षमा सोनाम तामाङ
३५. रुपहेन्दीको ओमसतिया–१ मा बेलबहादुर बरालसहितको प्यानल 
३६.कञ्चनपुरको दोधारा चाँदनी–१ मा वडाध्यक्ष बिक्रम चन्दसहितको प्यानल 
३७. धादिङको खनियाबास–२ मा वडाध्यक्ष अरुण तामाङसहितको प्यानल 
३८. रुपन्देहीको सियारी गाउँपालिका–१ मा वडाध्यक्ष अरुण शाहीसहितको प्यानल 
३९.सल्यानको कपुरकोट–६ मा वडाध्यक्ष श्यामकृष्ण बोहोरालगायत केही सदस्य
४०.चाँगुनारायण नगरपालिका–६ मा वडाध्यक्षमा धनबहादुर लामासहितको प्यानल ४१.रुपन्देहीको देवदह नगरपालिका–११ मा वडाध्यक्ष दुधनाथ यादवसहित प्यानल ४२.देवदह–१२ मा चार जना वडा सदस्य
४३.बाँकेको राप्ती सोनारी गाउँपालिका–६ मा वडाध्यक्षमा लवराज खरेलसहितको प्यानल 
४४.शंखरापुर नगरपालिका–७ मा वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठसहितको प्यानल
४५.सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा वडाध्यक्ष हबिब मियासहितको प्यानल
४६.सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालकोट–४ मा वडाध्यक्ष कुलबहादुर बस्नेतसहित केही सदस्य 
४७.नवलपरासीको प्रतापपुर गाउँपालिका–५ मा वडाध्यक्ष रमेश कानु बनियाँसहित केही सदस्य
४८.धुलिखेल नगरपालिका–७ मा वडाध्यक्ष रोमीप्रसाद श्रेष्ठसहितको प्यानल
४९.झापाको बाह्रदशी गाउँपालिका–५ मा वडाध्यक्ष बिरबहादुर राजवंशीसहितको प्यानल 
५०.गणेशमान चारनाथ नगरपालिका–२ मा वडाध्यक्ष ज्योतिदीप हमालसहितको प्यानल 
५१.रुपन्देहीको रोहिणी गाउँपालिका–४ मा वडाध्यक्ष तारानाथ यादव
५२.नेपालगञ्ज उपमहानगर–८ मा वडाध्यक्ष रजनीश वाजपेयी (बिवेक)सहितको प्यानल 
५३. हल्दीबारी गाउँपालिका–४ मा वडाध्यक्ष सन्तकुमार थापासहितको प्यानल 
५४.राजबिराज नगरपालिका–१३ को वडाध्यक्षमा त्रिलोकीनाथ चौधरी
५५.गणेशमान चारनाथ नगरपालिका–४ मा वडाध्यक्ष सोमबहादुर आलेसहितको प्यानल 
५६.नेपालगञ्ज उपमहानगरपालिका–१० मा वडाध्यक्ष श्रवण श्रेष्ठसहितको प्यानल
५७.झापाको विर्तामोड नगरपालिका–८ मा वडाध्यक्ष अजय कार्कीसहितको प्यानल
५८.रूपन्देहीको रोहिणी गाउँपालिका–७ को वडाध्यक्षमा अन्नान अहमद 
५९.दमक नगरपालिका–७ को वडाध्यक्षमा भिमप्रसाद पौडेल 
६०.धनुषाको सबैला नगरपालिका–११ को वडाध्यक्षमा सरोजकुमार यादव
६१.धरान उपमहानगरपालिका–१४ को वडाध्यक्षमा राप्रपाका कृष्णप्रसाद भट्टराई
६२. कञ्चनपुरको पुनर्वास नगरपालिका–४ को वडाध्यक्षमा मनोज सापकोटा 
६३.काठमाडौंको नागार्जुन नगरपालिका–५ मा वडाध्यक्ष महेश रिमालसहितको प्यानल

प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको अन्तरिम आदेश बिहीबार, असार १९, २०८२
जनकपुरले आसिफ र ललितसहित ७ खेलाडी रिटेन गर्यो बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्