• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार १८, २०८२ Wed, Jul 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
अपराधलाई राजनीतिक रङ दिन खोजे विवादित हुन्छ न्याय
64x64
हेमन्त रावल मंगलबार, जेठ १७, २०७९  ०९:३५
1140x725

काठमाडौं– पछिल्लो समय बलात्कार र यौनहिंसाका घटनाहरू एकपछि अर्को सार्वजनिक हुन थालेका छन्। पीडितहरू आफूलाई निर्धक्क भएर आफूमाथि भएको हिंसाबारे खुल्न थालेको संकेत देखिन्छ। 

आठ वर्षपअघि सौन्दर्य प्रतियोगिताको आडमा भएको यौनहिंसा र बलात्कारको प्रसंग जसरी पीडित युवतीले सार्वजनिक गरिन्, यसले नयाँ बहस सिर्जना गरेको छ। एकपटक फेरी हदम्यादको बहस आम रूपमा सुरु भएको छ। 

त्यस्तै, लामो समयदेखि मौन रहेका पीडितहरू एकाएक खुल्न थालेका छन्। हदम्यादको बहस अहिले सरकारदेखि संसद् हुँदै सडकसम्म चलिरहेको छ। संसद्‍मा सांसदहरूले प्रश्न उठाएपछि सभामुख अग्नि सापकोटाले रुलिङ नै गरे।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफू हदम्यादको विषयमा सकारात्मक रहेको आफ्नै पार्टीका महिला नेताहरूलाई भनेको सुन्न र पढ्न पाइयो। कानुनमन्त्री गोविन्द शर्माले केही दिनअघि पत्रकार सम्मेलन गर्दै हदम्यादबारे अध्ययन र अनुसन्धान गर्न नेपाल कानुन आयोगलाई निर्देशन दिएको बताउनुभयो।

यसरी हेर्दा हदम्यादको विषयमा अहिले फलाम तातेको समय देखिन्छ। सडक, सामाजिक सञ्जाल, सदन र सरकार सबैले बहसमा भाग लिइरहेका छन्। मेरो विचारमा पनि यो बहस अझै घनिभूत रूपमा अहिलेकै समयमा हुन जरुरी छ। जुन समयमा विषय उठेको छ, यसलाई तथ्यपरक निष्कर्षमा यही समयमा पुर्‍याउनुपर्छ। 

नेपाल सरकारले कानुन आयोगमार्फत विभिन्न देशका अनुभव, नेपालको सर्वोच्च अदालतसहित अन्य अदालतका फैसला र विश्वका प्रख्यात फैसला तथा संयुक्त राष्ट्र संघको गाइडलाइनमा आधारित भएर पक्कै सरकारलाई सही बाटो देखाउने छ। त्यस्तै विद्वान वर्गहरूले पनि यो बहसमा भाग दिँदै आफ्नो रायहरू राखिराख्नु भएको छ। यसले यो विषयलाई अझ प्रष्ट हुन सहयोग नै पुग्ने छ।

जतिसुकै सभ्य र आदर्श समाज भए पनि समाजको विविध चरित्रका कारण समाजमा अपराधका विभिन्न घटना हुन्छन्। सभ्य समाजले अपराधलाई अपराधकै रूपमा हेर्ने गर्दछ र त्यसको कानुनसम्मत तरिकाले न्यायिक निदान खोज्‍छ।

जहाँ अपराधको घटना हुन्छ, त्यहाँ कानुन कार्यान्वयन गर्ने राज्यको निकाय स्वतः सक्रिय हुन्छ र हुनुपर्छ। जतिसुकै विकसित भए पनि निश्चित प्रयोजनका लागि निर्मित विद्यमान कानुन अपर्याप्त हुनसक्छ, प्रभावकारी नहुन सक्छ। तर, समाज जतिसुकै अविकसित भए पनि कानुनको शून्यतामा रहँदैन।

प्रचलित कानुनको उलंघन वा अवज्ञा अपराध हो। कसुरको गाम्भीर्य, कसुर गर्दाको निर्ममता, कसुरदारको उमेर, अवस्था, उसको चेतना र विवेक, कसुर गर्दाको परिस्थिति, मनसाय, अपराधअघि र पछि कसुरदाले गरेको तयारी, अपराध कर्मप्रतिको प्रायश्चित्, पीडितप्रतिको व्यवहार, कानुनको अगाडि समर्पण र अनुसन्धानमा गरेको सहयोगी भूमिकाजस्ता विषयको आधारमा कसुरदारलाई दिइने कानुन बमोजिमको सजाय नै फौजदारी न्यायको दायरा हो। नागरिक समाज र विद्धत वर्गले यसअनुरुप भए नभएको हेर्नुपर्छ र नभएको पाइए विधिसम्मत तरिकाले सरोकार व्यक्त गर्नुपर्छ। न्यायको मार्गबाट कसैलाई पनि विचलित हुन दिनु हुँदैन।

यो पनि पढ्नुहोस्

बलात्कारविरुद्धको मुद्दामा हदम्याद के हो, के होइन? आइतबार, जेठ ८, २०७९

अपराधलाई अपराधकै रूपमा हेरिनुपर्छ। अपराधलाई राजनितिक रङ दिने, राजनीतिक आवरणमा संरक्षण गर्न खोज्ने, अपराध अनुसन्धानमा अवरोध गर्ने, भिडले न्याय नियन्त्रण गर्न खोज्ने, कानुनलाई आफूअनुकुलको व्याख्या गरी न्यायको अपेक्षा राख्ने र दबावबाट मात्रै निदान सम्भव देख्ने प्रवृत्तिले समाजमा प्रश्रय पाउँदासम्म कानुन विभाजित र न्याय विवादित भइरहन्छ। 

कसैको अपराधकर्मबाट आहत भएको  पीडित व्यक्तिले हरहालतमा न्याय पाउनुपर्छ। यो न्यायको शास्वत मान्यता र विश्वास हो। तर, आग्रह, पूर्वाग्रह र प्रतिशोधका कारण कृतिम अपराधको नामकरण गरी कानुनको दायरामा ल्याइएको अपराध नामको अवस्थामा निर्दोष व्यक्तिलाई निर्दोष ठहर गर्दै उसको न्याय प्राप्तिको हकलाई यथोचित रुपले यथासमयमै सम्बोधन गर्नु पनि समग्र न्याय र न्याय प्रणालीकै रक्षा गर्नु हो। 

अपराध जोसुकैले गरोस्, कसुरको मात्रा अनुसार उसले कानुन बमोजिमको सजाय पाउनु नै पर्छ। अपराध अनुसन्धानका लागि कानुनले तोकेका पदाधिकारीहरूको पदीय क्रियाशीलता पनि स्वतः सुरु हुनु पर्छ। कसैले भनेपछि मात्रै आफ्नो कर्तव्यको पालन गर्ने उदासिन प्रवृत्ति रहनु हुँदैन। अनुसन्धानमा आन्तरिक वा बाह्य हस्तक्षेप हुनु हुँदैन र अनुसन्धान अधिकारी पूर्वाग्रही पनि देखिनु हुँदैन। 

अनुसन्धानको दायरामा ल्याइएको व्यक्ति दोषी हो वा निर्दोष के हो? अनुसन्धानको आरम्भमै उसकाप्रति अनुसन्धान अधिकारीहरूले पूर्वाग्रही दृष्ट्रिकोण राख्नु पनि हुँदैन। कसुरको मात्रा अनुसारको सजाय मात्र मागदाबी गर्ने गर्नुपर्छ। कसुर गम्भीर होइन भने गलत कानुनको प्रयोगले बढी सजाय गरेर व्यक्तिलाई जेलमै सडाउने पूर्वाग्रही सोचबाट अनुसन्धान अधिकारी मुक्त हुनुपर्छ।

अधुरो अनुसन्धान र प्रमाणको अभावमा गरिने चर्काे सजायसहितको अभियोग मागदाबीले मात्रै न्यायको रक्षा गर्न सक्दैन। न्याय अदालतले मात्र गर्दैन, राज्यका हरेक अङ्ग निकायहरू पनि न्यायिक हुनुपर्छ। समाजका हरेक व्यक्तिले न्यायपूर्ण सोच राख्नुपर्छ र कानुन कार्यान्वयन गर्ने पदाधिकारीहरू पनि सबै न्यायिक मनसहितको विवेकयुक्त हुनुपर्छ। कानुनलाई मात्र होइन समाजलाई र समाजभित्रका प्रवृत्तिहरूलाई पनि समयानुकूल सुधार गरौं। अनि मात्र न्याय र न्यायप्रणालीको साँचो अर्थमा रक्षा हुनसक्छ। 

(रावल चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश हुन्।)
 

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त रावल
लेखकबाट थप
सुधारको पर्खाइमा रहेका बालबालिका र सुधारिन नसकेका बाल सुधारगृहहरु
निर्दोषिताको सिद्धान्त र हाम्रो अभ्यास 
बढ्दो सम्बन्धविच्छेद : कस्तो प्रभाव परिरहेको छ समाजमा ? 
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
पाँच वटा संसदीय समितिको बैठक बस्दै बुधबार, असार १८, २०८२
जब कांग्रेस बैठकमा डिला संग्रौलाले भनिन्: ५४ प्रतिशत मतदाता फरक दललाई भोट दिन चाहन्छन् बुधबार, असार १८, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य बुधबार, असार १८, २०८२
संवैधानिक नियुक्ति मुद्दाको फैसला सुनाउने सर्वोच्चको तयारी बुधबार, असार १८, २०८२
एएफसी महिला एसियन कप छनोट : नेपालले श्रीलंकासँग खेल्दै बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्