• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
बलात्कार आरोपी पाण्डेको इन्कारी बयान, आरोप गलत सावित गर्न चुनौती! सुन्दरी प्रतियोगिताका अन्य सहभागीको पनि बयान लिने तयारी
64x64
नारायण अधिकारी बुधबार, जेठ १८, २०७९  १८:०२
1140x725

काठमाडौं– बलात्कार आरोपमा पक्राउ परेका ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले इन्कारी बयान दिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका पाण्डेले प्रहरीसँगको बयानमा आफूमाथि लागेको आरोप झुटो रहेको दाबी गर्दै आएका छन्। 

सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धी किशोरीले ८ वर्ष अगाडि आफूमाथि बलात्कार भएको घटनाविवरण सार्वजनिक गरेपछि प्रहरीले जेठ ७ गते पाण्डेलाई काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका पाण्डेमाथि अहिले जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।  

पहिलो पटकका लागि ५ दिन र दोस्रो पटकका लागि ७ दिन गरी १२ दिनको म्याद लिएर परिसरले पाण्डेमाथि अनुसन्धान गरिरहेको छ। अनुसन्धानको क्रममा पाण्डेले आफूमाथि लागेको आरोप षड्यन्त्र मात्रै भएको दाबी गर्दै इन्कारी बयान दिएको परिसरका एक प्रहरी अधिकारीले नेपाल लाइभलाई जानकारी दिए।

जेठ ४ गते सामाजिक सञ्जाल टिकटकमार्फत एक किशोरीले सौन्दर्य प्रतियोगिताको आयोजना गरी पाण्डेले आफूमाथि ६ महिनासम्म बलात्कार गरेको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन्। किशोरीले २० वटा भिडियोमार्फत् ८ वर्षअघि सौन्दर्य प्रतियोगिता आयोजना गर्दा पाण्डेले आफूमाथि बलात्कार गरेको बताएकी थिइन्।

भिडियो सार्वजनिक भएपछि उक्त विषयले सडकदेखि संसदसम्म प्रवेश पाएको थियो। आरोपी पाण्डेलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन दबाब सिर्जना भएको थियो। जेठ ७ गते प्रहरीले पाण्डेलाई स्वयम्भूबाट पक्राउ गरेको थियो।

बलात्कारको कसुरमा अनुसन्धान गरेर मुद्दा चलाउने हदम्याद सकिएकाले प्रहरीले पाण्डेमाथि मानव बेचबिखन तथा ओसारपसारको कसुरअन्तर्गत अनुसन्धान गरिरहेको छ। उक्त घटनामा आसोरपसारको कसुर आकर्षित हुने प्रहरीले जनाएको छ।

मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीलाई पाण्डेले भने आफूमाथि सबै आरोप निराधार रहेको र आफूलाई फसाउने उद्देश्यले यो कुरालाई उछालिएको बयान दिएका छन्। 

‘अब कसरी अगाडि बढ्ने भनेर म वकिलसँग परामर्शको तयारीमा थिए। त्यतिबेलै मलाई पक्राउ गरिएको हो। आरोप लगाएजस्तो बन्धक बनाएर बलात्कार गरेको छैन,’ पाण्डेले आरोप इन्कार गर्दै बयानमा भनेका छन्।

सौन्दर्य प्रतियोगिता सम्पन्न भएपछि सक्सेस पार्टीको नाममा एभरेस्ट होटलमा कार्यक्रम गरिएको र उक्त होटलमा आफूमाथि बलात्कार भएको किशोरीको भनाइ छ। उक्त विषयको बारेमा पूर्व मिस नेपाल माल्भिका सुब्बालाई समेत जानकारी गराएकोमा सुब्बाले सहयोग नगरेको किशोरीले बताएकी छन्। 

प्रहरीले सुब्बासँग पनि बयान लिइसकेको छ। सुब्बा उक्त कार्यक्रको कोरियोग्राफर थिइन्। घटनाबारे पीडितले आफूलाई फोनमा जानकारी गराएको र आफैं तनावमा भएकाले पछि कुरा गरौंला भनेको सुब्बाले प्रहरीसमक्ष बयान दिएकी छन्। 

प्रतियोगीसहित अन्यको बयान लिने तयारी
किशोरीमाथि भएको बलात्कारको घटना बारे प्रहरीले सौन्दर्य प्रतियोगिताका अन्य सहभागी र प्रतिस्पर्धीसँग पनि बयान लिने तयारी गरेको छ। एक प्रतियोगी भने बेल्जियममा रहेको भन्ने जानकारी आएपछि प्रहरीले ती प्रतियोगीसँग बयान लिन अहिले सम्भव नरहेको जनाएको छ।

बाँकी रहेका प्रतियोगीहरुको बारेमा बयान लिने काम अघि बढाइने परिसरले बताएको छ। त्यसैगरी यो घटनामा साक्षी हुनसक्ने अन्य व्यक्तिमाथि पनि बयान लिइने प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार यो घटनामा अर्का एक पुरुषको पनि बयान लिइएको छ। तर, प्रहरीले ती व्यक्तिको नाम भने खुलाएको छैन। 

घटनाबारे परिसरका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले भन्छन्, ‘अनुसन्धान भइरहेको छ। अरुभन्दा यो केस अली गम्भीर नै छ। सक्दो प्रमाण जुटाएर प्रहरीले फाइल पेस गर्छ।’

पाण्डेलाई आरोप गलत सावित गर्न चुनौती !
मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले मानव बेचबिखन तथा ओसारपसारको कसुरमा आरोपीतलाई नै आरोप गलत सावित गर्नुपर्ने चुनौती दिएको छ। पीडित पक्षले लगाएको आरोपमा थप अनुसन्धान तथा प्रमाण जुटाएर प्रहरीले सरकारी वलिकमार्फत् अदालतमा मुद्दा पेस गर्छ। 
यस्तो कसुरमा जति प्रमाण जुटाएर प्रहरीले आरोपितलाई अदालतमा पेस गर्छ त्योभन्दा बलियो प्रमाण जुटाएर आफू निर्दोष रहेको दलिल पेस गर्ने भार आरोपितलाई हुन्छ।

आफूलाई लागेको आरोप सही होइन भनेर आरोपितले दिएको इन्कारी बयान मात्रै मान्य नहुने ऐनमा व्यवस्था गरिएको छ। ऐनको दफा ९ मा भनिएको कुनै व्यक्तिलाई ऐनअन्तर्गतको कसुर गरेको अभियोग लागेमा सो कसुर आफूले गरेको छैन भन्ने कुराको प्रमाण स्वयं व्यक्ति (आरोपी)ले नै पुर्‍याउनुपर्ने व्यवस्था गरिएको छ। 

मानव बेचबिखन तथा ओसारपसारको अन्तर्गको कसुरमा ठूलो 'र्‍याकेट' हुनसक्ने र एकले अर्कोलाई नचिन्ने तथा एकले अर्को व्यक्तिको भूमिका थाहा नपाउने हुँदा प्रहरी अनुसन्धानबाट मात्रै कसुरको प्रमाण जुटाउन नसकिने देखिएकोले प्रमाणको भार आरोपितमा राखिएको कानुनका जानकाहरु बताउँछन्। त्यसकारण यो कसुरमा पनि पाण्डेले आफूमाथि लागेका आरोपमा एक–एक प्रमाणसहित खण्डन गरी पुष्टि गर्नुपर्ने चुनौती छ।

यो कसुरअन्तर्गत किन्ने, बेच्न वा वेश्यावृतमा लगाउने उदेश्यले नेपाल भित्रै एक ठाउँबाट अर्को ठाउँमा लगेको अवस्थामा १० वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ।

बाल यौन दुरुपयोगमा पनि अनुसन्धान 
पाण्डेबाट आफू पनि पीडित भएको भन्दै अर्की एक किशोरी पनि प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। ती किशोरीको पनि जाहेरी लिएर प्रहरीले पाण्डेमाथि अनुसन्धान अघि बढाएको छ। 

किशोरीले पाण्डेविरुद्ध बाल यौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन्। अहिले दुबै मुद्दाको छुट्टा–छुट्टै फाइल बनाएर परिसरले अनुसन्धान अघि बढाइरहेको छ। ‘यो केसमा हिरासतको म्याद एउटै हुन्छ। फाइल भने फरक–फरक मुद्दाको फरक–फकर बनाएर पेस हुन्छ। अहिले दुबै केसलाई हामीले एकैपटक अनुसन्धान गरेर अघि बढाइरहेका छौं,’ परिसरका एक अनुसन्धान अधिकृतले नेपाल लाइभसँग भने।

पाण्डे पक्राउ परेपछि आफू पनि पीडित भएको भन्दै तेस्रो महिला पनि प्रहरीकोमा पुगेकी थिइन्। तर उनले भने जाहेरी नदिएको पाइएको छ। ‘हामीले जाहेरी दिनुस्, अनुसन्धान अघि बढ्छ भनेर काउन्सिल पनि गर्‍यौं। तर, उहाँले जाहेरी दिन मान्नु भएन। अहिले दुईटा मात्रै मुद्दाको अनुसन्धान भइरहेको छ,’ परिसरका एक अधिकारीले भने।

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  १८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध  सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएक... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला मंगलबार, असार २४, २०८२
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह मंगलबार, असार २४, २०८२
तस्बिरमा हेर्नुहोस् नेपाल–चीन सीमा क्षेत्रमा बाढीको दृश्य मंगलबार, असार २४, २०८२
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै मंगलबार, असार २४, २०८२
देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्