काठमाडौं– आर्टमाण्डु नेपालले निर्माण गरेको नाटक ‘चोरको स्वर’ शुक्रबारदेखि मण्डला नाटघरमा मञ्चन सुरु हुने भएको छ। अनिल सुब्बा र अन्वेश राई थुलुङको निर्देशन रहेको नाटक आजबाट मञ्चन हुन लागेको हो।
म्युजिक भिडियो निर्देशनमा चर्चित नविन चौहानको कथामा आधारित रहेको कथामा नाटक बनेको छ। नाटक लिम्बू समुदायमा हुने भागी विवाहको परम्परामा आधारित रहेको छ। नाटकमा लिम्बू समुदायको भागी विवाहको संस्कृतिलाई विशेष रुपमा प्रस्तुत गरिएको छ।
नाटकमा अनिल सुब्बा, वेदना राई, रुपेश लामा, इगी होपो कोइँच सुनुवार, संगीता थापा, सुरज तमुलगायतका कलाकारहरुको अभिनय रहेको छ। म्युजिक भिडियो तथा गीतसंगीतमा चर्चित आर्टमाण्डुको यो पहिलो नाटक हो।
नाटक असार १५ गतेसम्म मञ्चन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।