काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिता सकिएको छ। आइतबार राति भएको रोमाञ्चक फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै दोस्रो पटक उपाधि जित्यो।
फाइनल खेलको सुरुवातमा क्रोएसिया आक्रामक रुपमा उत्रिएको थियो। तर क्रोएसियाले आत्मघाती गोल गरेसँगै फ्रान्स खेलमा फर्कियो।
नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाका अनुसार फ्रान्सले पहिलो १० मिनेट विपक्षीको खेल बुझ्ने रणनीति बनाएको थियो। त्यसपछि फ्रान्सले आफ्नो स्वभाविक खेल पस्किएको थियो। तर क्रोएसियाले विपक्षीको रणनीति बुझ्न नसकेको र गल्ति दोहोर्याएकाले खेल हार्न बाध्य भएको थापाको भनाइ छ।
प्रशिक्षक थापाले फाइनल खेलको समग्र 'सिनारियो', २०१८ विश्वकपले दिएको सन्देश र नेपालले सिक्नु पर्ने पक्षहरु नेपाल लाइभका सीताराम कोइरालासँग विश्लेषण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।