• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
जेलमा रहेका गुण्डा नाइके–डीएसपी कनेक्सन : कुख्यात अपराधीलाई भेट्दा भिडियो रेकर्डिङ गर्नुपर्ने सुझाव 'मनसाय आपराधिक छैन, लापरबाही गम्भीर देखियो'
64x64
नारायण अधिकारी सोमबार, असार ६, २०७९  १८:४५
1140x725

काठमाडौं–गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई भेट्न केन्द्रीय कारागार पुगेको आरोप लागेका प्रहरी वृत्त स्वयम्भूका डीएसपी मिलन केसीले गम्भीर लापरबाही गरेको छानबिन समितिले निस्कर्ष निकालेको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली नेतृत्वको तीन सदस्यीय समितिले बुझाएको प्रतिवेदनमा डीएसपी केसीको गम्भीर लापरबाही औंल्याइएको काठमाडौं परिसरका एसएसपी सुदीप गिरीले बताए। 

डीएसपी केसी कुनै आपराधिक मनसायले कारागार गएको नदेखिएको तर लापरबाही भने गम्भीर देखिएको एसएसपी गिरीको भनाइ  छ। 

आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर जेलमा रहेका गुण्डा नाइकेलाई भेट गर्ने वातावरण मिलाउनु नै डीएसपी केसीको गम्भीर लापरबाही रहेको समितिको निष्कर्ष छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनाली नेतृत्वको तीन सदस्यीय छानबिन समितिले डीएसपी केसीलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको हो। छानबिन सकेर बुझाएको प्रतिवेदनमा विभागीय कारबाहीका लागि सिफारिस गरिएको पाइएको काठमाडौंका एसएसपी गिरीले बताए। 

कारागारमा पुगेर डीएसपी केसी आफैंले गुण्डा नाइके बस्नेतलाई नभेटेको तर अन्य व्यक्तिलाई भेटका लागि सहजीकरण गरेको छानबिन समितिकाे ठहर छ। आफ्नो क्षेत्रभन्दा बाहिर गएर भेट गर्दा माथिल्लो निकायलाई जानकारी गराउनु पर्नेमा विना जानकारी कारागार पुगेको पनि समितिले औंल्याएको छ। 

गलत मनसायले आफैंले भेट गरेको भन्दा पनि पदीय दुरुपयोग गरेर विवादास्पद पृष्ठभूमिका व्यक्तिलाई भेटका लागि सहजीकरण गरिदिएको समितिले निस्कर्ष निकालेको छ। 

जेठ २९ गते केसी अर्का विवादास्पद पात्र अमृत केसीलाई लिएर बस्नेतलाई भेट्न कारागार पुगेको खुलेको थियो। 

बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई बानेश्वरमा गोली हानी हत्या गरकोे आरोपमा पुर्पक्षका लागि कारागारमा छन्। साढे २ करोड रुपैयाँ कमिसन नदिएपछि गौचनको हत्या भएको खुलेको थियो।

कारागारमा रहँदासमेत बस्नेतले आपराधिक गतिविधि सञ्चालन गरेको आरोपसमेत लाग्दै आएको थियो। केही समयअघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सहोदर भाइलाई समेत प्रयोग गरेर बस्नेतले जेलभित्रबाटै आपराधिक धन्दा सञ्चालन गरेको आरोप लागेको थियो।

त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गृहमन्त्री थापाका भाइ नरेश थापासहित ८ जनालाई समेत पक्राउ गरेर आपराधिक लाभको कसुरमा मुद्दा चलाएको थियो।

दुई डीएसपीको देखिएन कैफियत
केन्द्रीय कारागारको सुरक्षामा डीएसपी नवीनकिशोर प्रधानको कमाण्डमा टोली खटिएको छ। स्वयम्भू वृत्तका डीएसपी केसी र जनसेवा वृत्तका डीएसपी शालिकराम शर्मा समेतले केन्द्रीय कारागार पुगेर भेटघाट गरेको बताइएको थियो। 

यस विषयमा समेत छानबिन गर्दा समितिले डीएसपी प्रधान र शर्माको भने कुनै कैफियत नदेखिएको पाइएको जनाएकाे छ। कारागारमा खटिएका डीएसपी प्रधान र केसी ब्याचमेट भएकाले तेस्रो व्यक्तिले जेलमा रहेका गुण्डा नाइके बस्नेतलाई भेट गर्न   खोजेपछि केसीले सहजीकरण मात्रै गरिदिएको औंल्याइएको छ। 

‘प्रधान र केसी ब्याचमेट हुन् र तेस्रो व्यक्तिले गुण्डा नाइकेलाई भेट गर्न खोजेपछि केसीले सामान्य रुपमा लिँदै मेरै साथी छ म भेट गराइदिइहाल्छु भनेर भेट गर्ने वातावरण मात्रै मिलाइएको देखियो’ एसएपी गिरीले भने, ‘यस्तो भेटलाई स्वयम्भूका डीएसपीले हल्का रुपमा लिएको देखियो। यो उहाँको गम्भीर लापरबाही हो।’

आपराधिक व्यक्तिसँग कसैले किन भेट गर्न खोज्दैछ? आफ्नो क्षेत्रभन्दा बाहिर रहेको ठाउँमा भेटका लागि किन सहजीकरण गर्ने जस्ता विषयलाई गम्भीर रुपमा नलिई भेट गर्ने वातावरण मिलाई दिने केसीको गल्ती रहेको औंल्याइएको छ। 

प्रधान भने आफ्नो कार्यक्षेत्रमै रहेको र गुण्डा नाइकेसँग कुनै भेट नगरेकाले उनको कमजोरी नदेखिएको बताइएको छ । यता डीएसपी शर्मा पनि फोन गरेर चिया खान बोलाएपछि चिया पिएर मात्रै फर्किएकाले उनको पनि कमजोरी नदेखिएको एसएसपी गिरीले बताए।

कुख्यात अपराधीलाई भेट्दा भिडियो रेकर्डिङ गर्नुपर्ने सुझाव
एसपी मैनाली नेतृत्वको छानबिन समितिले अबदेखि यस्तो गल्ती नदोहोरिनका लागि भन्दै चार बुँदे सुझावसमेत दिएको छ। 

गम्भीर, जघन्य तथा संवेदनशील अपराधमा कैद भुक्तान गरिरहेका कैदीलाई भेटघाट गर्नुपर्दा आफ्नो नजिकको नातेदार (बुबा, आमा, श्रीमती र सन्तान) बाहेक अन्यलाई भेटघाट गर्न बन्देज लगाउनु पर्ने समितिले उल्लेख गरेको छ।  

भेटघाट गर्दा पनि तोकिएको निकायबाट खटिएका प्रहरी कर्मचारीको अनिवार्य उपस्थिति हुनुपर्ने सुझाव दिइएको छ। 

तेस्रो बुँदामा अनुसन्धानको प्रयोजनबाहेक अन्य अवस्थामा सम्बन्धित कारागारबाहिरका प्रहरीलाई समेत भेटघाट गर्न बन्द लगाउनुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको एसएसपी गिरीले बताए । 

यसरी भेटघाट गर्दा भेटघाटको समयमा भएका कुराकानीलाई भिडियो रेकर्डिङ गर्नुपर्ने औल्याइएको छ । 
 

.

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध  सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएक... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्रीद्वारा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरू स्थगित, आपतकालीन सहायतामा केन्द्रित मंगलबार, असार २४, २०८२
रसुवामा बाढीः यस्तो छ बेपत्ता भएका १८ जनाको नामावली मंगलबार, असार २४, २०८२
रसुवा बाढीबारे छलफल गर्न सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्