काठमाडौं– सहरी जीवनसैलीको पर्यायजस्तै बन्छ– भागदौड र व्यस्तता। कार्यबोझले थलिएको ज्यान सम्हालेर घर पुग्ने, खाना खाने, सुत्ने र बिहान फेरि उठेर फेरि उही 'रुटिन फलो गर्ने' सहरी दिनचर्याको नियमितता जस्तै बन्छ।
आफू बस्ने घरमा बस्ने अर्को व्यक्तिलाई पनि चिन्न मुस्किल पर्ने जीवनशैलीका बीच सहरमा बसेर फुर्सदको समय निकाल्न गाह्रै हुन्छ। तर सहर त्यति निस्सासिएको पनि हुँदैन, जति सहरीयाले महसुस गर्छन्।
देशको संघीय राजधानी काठमाडौं बिहान होस् या साँझ आफ्नो छुट्टै रंगले भरिएको हुन्छ। साँझ सूर्य अस्ताउँदै गर्दा घना बस्तीमा घरको काप चिरेर निस्किने उज्याला किरणबाट मात्रै पनि अगाध आनन्द महसुस गर्न सकिन्छ।
भरियाले दिनभरको थकान मेटाउने बेला, सबै पेसा–व्यवसायीहरुको विश्राम लिने बेला, बालबालिकाहरु खेल्दै, रमाउँदै गल्लीहरुमा चहलपहल दिने बेला, आरती र प्रार्थनाले मठ–मन्दिर, मस्जिद र गुम्बाहरु गुञ्जिने बेला, सहर पनि विछिट्टै रंगीन देखिन्छ गोधूलि साँझमा।
जब दिन ढल्दै जान्छ, काठमाडौंको आकाश पनि रंगीन बन्छ। नीलो आकाशमा रातो अनि पहेलो रङ भरिन्छ।
हल्का बादल भएको बखत दक्षिणी क्षितिज पहेँलो अनि रातो हुन्छ। बादल फाटेको साँझ सूर्यास्त हेर्न रमाइलो हुन्छ। पछिल्लो समय निरन्तरको झरिका कारण प्रदूषण हटेको छ। दिउँसोको उज्यालो त सबैले हेर्छन्, तर साँझको गोधूलि उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर देखिन्छ।
हेरौं केही तस्बिरहरु:
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
तस्बिरहरु: न्युज एजेन्सी नेपाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।