• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
कविता म सडकको मालिक
64x64
विश्वरसिंह मेवाहाङ शनिबार, असार ३२, २०७९  ११:३९
1140x725

म सडकको मालिक
मेरो खरबार, मेरो घरबार र मेरो दरबार
यो सडकभन्दा अन्त कहीँ छैन।

म सडकमै जन्मिए, सडकमै हुर्किएँ र सडकमै मर्दैछु
म सडकमै लडेँ, सडकमै उठेँ र सडकमै बढ्दैछु
मलाई सडकले धेरै पटक छाडेर गयो
तर, मैले  कहिल्यै  सडकलाई  छाडिँन
सडकलाई पछ्याउँदै पछ्याउँदै
अहिले म सडकको राजधानीमा आइपुगेको छु।

सडक मेरो लागि एउटा ठूलो विश्वविद्यालय हो
जहाँ जीवन संघर्षका थुप्रै पीएचडी गरेको छु।

सडकले मलाई पालेको छ
बदलामा मैले सडक टालेको छु
सडकले मलाई ओत दिएको छ
सट्टामा मैले नेतालाई भोट दिएको छु
सडकले मलाई जीवनदान दिएको छ
मैले सडकलाई माया दिएको छु।

तर तिमी मलाई सडकबाट लखेट्न खोज्छौ
तिमी र सडकबीच के नाता छ?

तिमी सडकमा गाडी गुडाउँछौ
म सडकमा पेट गुडाउँछु
तिमी सडकमा अभिमान देखाउँछौ
म सडकमा स्वभिमान देखाउँछु
तिमी सडकमा फोहोर फ्याक्दै हिँड्छौ
म सडकमा फोहोर उठाउँदै हिँड्छु
तिमी घरको झ्यालबाट सानो क्षितिज हेर्छौ
म सडकबाट विशाल दुनियाँ हेर्छु।

तिमीसँग मेरो तुलना हुनै सक्दैन
हात्ती र हात्तीछाप  उस्तै होइन।

कहाँ मेरो सडकको गीत, कहाँ तिम्रो आधुनिक र्‍याप
कहाँ मेरो धुलाम्य आँखा, कहाँ तिम्रो फेसनेबल चस्मा
कहाँ मेरो थोत्रो ठेलागाडा, कहाँ तिम्रो चिल्लो पजेरो
कहाँ मेरो आकाश देखिने झुपडी, 
कहाँ तिम्रो आकाश छुने महल
म सडकबाट हिँडेर सडकमै पुग्छु,
तिमी सडकबाट हिँडेर महलमा पुग्छौ
म सडकलाई आफ्नो ठान्छु
तिमी आफ्नालाई सडक ठान्छौ
तिम्रो शहर बनाउने  रहर
मेरो शहरमा जिउने कहर।

तिम्रो र मेरो ओढ्ने आकाश त एउटै हो
तर टेक्ने धर्ती नितान्त फरक पर्‍यो।

तिमी दरबारको मालिक हौ
म सडकको मालिक हुँ
तिमी सडकमा हिँड्न पनि सक्दैनौ
म त सडकमा सुत्न सक्छु
तिमी सडकमा खर्च गर्छौ
म सडकमा आम्दानी गर्छु
तिमी सडकमा सास पनि फेर्न सक्दैनौ
म सडकबाट व्यवस्था फेर्न सक्छु।

तिमी मेरो स्वमित्व खोस्ने प्रयास नगर 
स्वामित्वको लडाइँ निकै भयानक हुन्छ।

इतिहास हेर
मैले सडकमा धेरै क्रान्ति जन्माएको छु
तिम्रो सिंहसानको मूलबाटो यहीबाट कोरेको छु
तिमीले खाने हरेक सलामीको लागि 
मैले सडकमा धेरै बलिदानी गरेको छु
तिमीले दिने हरेक हुकुममा
मैले सडकबाट शक्ति दिएको छु
तिम्रो शासनको हर लोकप्रियतामा
मैले सडकमा धेरै बदनामी कमाएको छु
जेलमा कोचिएको छु
नेलमा ठोकिएको छु
झेलमा फसेको छु
भेलमा बगेको छु।

तैपनि म अझै सडकमै छु
तिमी कहाँ छौ? मलाई मतलब भएन।

मैले जे जति पाएको छु
त्यो सडकमै पाएको छु
भोक मेटाएको छु
प्यास मेटाएको छु
चिचिभुँडी भरेको छु
एक धरो लगाइदिएको छु
दुई अक्षर पढाएको छु
एक ट्याबलेट सिटामोल खाएको छु।

तिम्रो इज्जतको लागि म सडक  छोड्न सक्दिनँ
तिम्रो अस्तित्वको लागि म मर्न सक्दिनँ।

याद गर
तिम्रो सत्ताले त मलाई पाल्न सकेन
कम्तीमा सडकले त मलाई पालेको छ 
त्यसैले म सडकको मालिक
मेरो स्वामित्व खोसेर 
तिमी मालिक बन्ने प्रयास नगर
स्वामित्वको लडाइँ निकै भयानक हुन्छ।

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  ११:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विश्वरसिंह मेवाहाङ
लेखकबाट थप
बालेन र ‘बालेनहरू’ : जनताको समर्थन, प्रणालीको विरुद्ध!
ढकमक गुराँसले राताम्मे तीनजुरेको वन (तस्बिरहरू)
किराँतीहरुको दशैँ बहिस्कार : राजनीतिक कि धार्मिक?
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
तस्बिरमा हेर्नुहोस् नेपाल–चीन सीमा क्षेत्रमा बाढीको दृश्य मंगलबार, असार २४, २०८२
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै मंगलबार, असार २४, २०८२
देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह मंगलबार, असार २४, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्