• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ११, २०८२ Sun, May 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
विद्यालयको बिजोग : एक विद्यार्थी, चार शिक्षक !
64x64
ललित बोहरा सोमबार, साउन २, २०७९  ०७:३९
1140x725
विद्यालय पोशाकमा रहेका विद्यार्थी मात्रै विद्यालयमा भर्ना छन्। बाँकी दुई जना भर्ना भएका छैनन्।

डडेल्धुरा– ‘अभिभावकज्यू नमस्कार, कता हिड्नु भयो कुन्नि? तपाईंको विद्यार्थीका बारेमा एकछिन कुरा गरौँ कि?’ 

अमरगढी नगरपालिकाले नगरक्षेत्रका विद्यालयका बाहिरपट्टी यस्ता साइनबोर्ड झुन्ड्यायो। सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन भन्दै यी साइनबोर्ड तयार पारियो। 

मापदण्डअनुरूप न्यूनतम विद्यार्थी संख्या नपुगेको भन्दै ‘नगरपालिकाको विद्यालय समायोजन कार्यविधि २०७७’ लागू गरि नगरभित्रका विद्यालयलाई समायोजन पनि गर्‍यो। विद्यालय समायोजनपछि बालविकासदेखि ५ कक्षासम्म सञ्चालन भएका ५ विद्यालयले शैक्षिकसत्र २०७७ देखि कक्षा ४ र ५ मा भर्ना लिन पाएनन्।

तर, विद्यालय समायोजन र गुणस्तरीय शिक्षाको नारा लिएर अघि बढेको अमरगढीले सोचे अनुरूप शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन भने सकेको छैन। समायोजनपछि ३ कक्षासम्म मात्रै पठनपाठन गर्न पाउने यहाँका अधिकांश विद्यालयको अवस्था दयनीय बन्दै गएको छ। नगरको लगानी समेत ‘बालुवामा पानी’जस्तै भएको छ।

यसैको एक उदाहरण हो, अमरगढी नगरपालिका–३ मा रहेको जनसेवा प्राथमिक विद्यालय डाँडाकोट, पथरोडा। २०४९ सालमा स्थापना भएको यो विद्यालयमा कुनै समय विद्यार्थीको संख्या उल्लेखनीय हुन्थ्यो।

तर, विद्यालय समायोजनपछि एक जना विद्यार्थी मात्रै विद्यालयमा पढ्नका लागि आउने गरेका छन्। ती विद्यार्थी पनि विद्यालयमा कार्यरत शिक्षिकाको छोरा हुन्। 

‘नयाँ शैक्षिकसत्रमा २१ जना विद्यार्थी भएका हुन्। भर्ना भएकामध्ये अहिले एक जना मात्रै विद्यालयमा पढ्न आउने गरेका छन्। ती पनि बालविकासमा पढ्छन्,’ विद्यालयकी शिक्षिका आरती सुनारले भनिन्, ‘४ र ५ कक्षामा ठूला–ठूला विद्यार्थी हुन्थे। ती विद्यार्थीसँगै स–साना बालबालिका आउँथे। अहिले उनीहरूले आफूसँगै लैजाने गरेका छन्।’

विद्यालयमा हाल चार जना शिक्षक र एक कार्यालय सहयोगी कार्यरत रहेको शिक्षिका सुनारले बताइन्। दुई जना स्थायी र दुई जना अस्थायी रहेको उनको भनाइ छ। उनीहरू विद्यालयमा नियमित आइरहेका छन्। तर, विद्यार्थी नहुँदा समय व्यतित गर्नै समस्या हुने गरेको सुनार बताउँछिन्।

Ncell 2
Ncell 2

उनी भन्छिन्, ‘पालैपालो विद्यार्थीलाई पढाउँछौं। प्रअ सरले प्रशासनिक काम गर्नुहुन्छ। हामी बसेरै बिताउँछौं। गाउँलेहरूले समेत बसेरै तलब खानुहुन्छ भन्छन्। यो भन्दा कतै समायोजन गरिदिए काम गरेर पारिश्रमिक लिएका छौं भन्न हुन्थ्यो।’

विद्यार्थीको संख्यामा कमि आयो भनेर ४ र ५ कक्षा घटाल माध्यमिक विद्यालय नुवाकोटमा समायोजन भएको विद्यालयका प्रधानाध्यापक डम्बरसिंह भण्डारीले बताए। विद्यार्थीको संख्यामा किन कमि? भन्ने प्रश्नमा उनले भने, ‘केही हाम्रा पनि कमजोरी होलान्। गुणस्तरीय शिक्षा नदिन पनि सकेका हुन सक्छौं। तर, सामायोजनले गर्दा समस्या भयो।’

प्रअ भण्डारीले जिल्ला सदरमुकाम र गाउँमा स्कुल बस चल्ने भएकोले पनि विद्यार्थी सदरमुकामतिर जान थालेको बताए। उनी आर्थिक उन्नतीको हिसाबले संस्थागत विद्यालयमा विद्यार्थी पढाउने होडबाजीले समेत विद्यार्थीको संख्यामा कमी आएको बताउँछन्।

के भन्छन् अभिभावक?
सामुदायिक विद्यालयमाभन्दा संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएकोले पनि विद्यार्थीको संख्या घटेको स्थानीय धिरज भण्डारीले बताए।

‘म पनि पहिले पाँचसम्म पढेको थिएँ। पढाइ राम्रो थियो। तर, अहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नै आफ्नो छोरा संस्थागत विद्यालयमा पठाएका छन्’ उनले भने, ‘विद्यालयसँग सम्बन्धित व्यक्तिका छोराछोरी बाहिर गएर पढ्न थालेपछि अरुको पनि विद्यालयप्रति विश्वास घट्दै गयो।’

विद्यालयमा अस्थायी रूपमा कार्यरत शिक्षक तथा कर्मचारी यहाँका राजनीतिक दलले पुहँचका आधारमा भर्ना गरेकोले पनि स्थानीयले विद्यालयमा विद्यार्थी पठाउन छोडेको अर्का स्थानीयवासी वीरबहादुर ऐरले बताए।

स्थानीय तहको उदासिनता
सरकारले माध्यमिक तहसम्मको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई सुम्पिएको छ। यद्यपि, स्थानीय तहको उदासिनताले सामुदायिक विद्यालयको अवस्था दिनप्रतिदिन खस्किँदै गएको छ। 

विद्यालयको अवस्थाबारे विद्यालयले नगरपालिकालाई जानकारी गराइसकेको छ। विद्यालयमा विद्यार्थीको संख्या शून्य रहेको र विद्यालयमा रहेका शिक्षक तथा कर्मचारीको दरबन्दी समायोजन गरिदिन विद्यालय प्रशासनले वडा र नगरलाई पत्र समेत पठाइसकेको छ।

तर, अमरगढी नगरपालिका मौन रहेको छ। सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्दा संस्थागत विद्यालय छोडेर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएका थुप्रै उदाहरण छन्। तर, यो विद्यालयको अवस्था टिठ लाग्दो छ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०७:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
जङ्गली च्याउ खाँदा  इलाम माङसेबुङमा दुई जनाको मृत्यु मृत्यु हुनेमा माङ्सेबुङ ५ की १७ वर्षीया नुमा लावती र २२ वर्षीय मनिसा चेम्जोङ रहेको इलाम प्रहरीले जनाएको छ। सोही ठाउँका धनराज साङ्बाङ... आइतबार, जेठ ११, २०८२
बाढीपहिरो गएको हप्तादिन पछि हुम्ला पुग्यो कर्णाली प्रदेश सरकारको राहत, वितरण हुँदै प्रदेश सरकारले पठाएको पिठो, सोलार सेट, अस्थायी घर (टेन्ट), म्याट्रेस सेटलगायत राहत सामग्री यहाँ आइपुगेको प्रमुख जिल्ला अधिकारी नाराय... आइतबार, जेठ ११, २०८२
सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको काङ्वोन युनिभर्सिटीबिच सहकार्य दीर्घकालीन शैक्षिक तथा अनुसन्धान सहकार्यको उद्देश्यले गरिएको समझदारी पत्रमा संयुक्त अनुसन्धान परियोजना सञ्चालन, अनुसन्धानका लागि संय... शनिबार, जेठ १०, २०८२
ताजा समाचारसबै
कर्मचारीलाई काममा ढिलासुस्ती नगर्न ऊर्जामन्त्रीको निर्देशन आइतबार, जेठ ११, २०८२
राष्ट्रपति पौडेलद्वारा पाँच युरोपेली देशका लागि गैरआवासीय राजदूत नियुक्त आइतबार, जेठ ११, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
साताको पहिलो दिन सेयर बजारमा गिरावट आइतबार, जेठ ११, २०८२
ओलीको निर्देशन - राजावादीको आन्दोलन निस्तेज पार्नू, १५ गते काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्छ आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
हवलदार सहित नेपाल प्रहरीका २१ कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन आउन आग्रह आइतबार, जेठ ११, २०८२
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको बचाउमा उत्रिए सिटौला,राजीनामा दिए गलत नजिर बस्ने तर्क आइतबार, जेठ ११, २०८२
शुभमन गिल बने भारतको नयाँ टेस्ट कप्तान शनिबार, जेठ १०, २०८२
महानगरका प्रवक्ता मानन्धरलाई बालेनले सोधे स्पष्टीकरण आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्