काठमाडौं – नेपाल प्रहरीका २१ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । हवलदारदेखि कार्यालय सहयोगीसम्म तहका विभिन्न तहको २१ कर्मचारी आफूखुसी गैरहाजिर भएको र सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । २ प्रहरी हवलदार, ४ जना सहायक हवलदार, १४ जना जवान र एक जना प्रहरी कार्यालय सहयोगी सम्पर्कमा नआएको हुन् ।
२१ जना प्रहरी कर्मचारीहरू गत फागुनदेखि आफूखुशी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रकृया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले हाजिर हुन आउन सूचना प्रकाशित गरेको प्रहरी कार्यालयले जनाएको छ ।
यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सातदिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जबाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउन आग्रह गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।