काठमाडौं– बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा आइतबारबाट ‘हिउँको पृथ्वी यात्रा’ मञ्चन सुरु भएको छ। असार ३२ गते प्रिमियर भएको नाटक आइतबारबाट नियमित रुपमा मञ्चन सुरु भएको हो।
हिमालबाट बगेका ३ वटा नदिले आफ्नो समुन्द्रसम्मको यात्राको कथा भन्ने यो नाटक काठमाडौं बाहिर १२ पटक मञ्चन भइसकेको छ।
कालेबुङ अन्तराष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भएर उपत्यकाबाहिर १२ पटक मञ्चन भएको नाटक आइतबारबाट भने काठमाडौंमा मञ्चन सुरु भएको हो। नाटकमा तीन नदिले गर्ने यात्राका क्रममा भेटिने मान्छे, जनावर र जलप्राणीको कथा समेटिएको छ।
नाटकको लेखन तथा निर्देशन अमजद प्रवेज तथा घिमिरे युवराजले गरेका छन्। नाटकमा ज्योती पोखरेल, रविन परियार, पवित्रा खड्का, संगिता उराव, झकेन्द्र बिसी, गोविन्द्र ओली, हिमाल भुजेल, सुशिला लोहर तथा ज्याक बरालको अभिनय रहेको छ। नाटकमा प्रयोग भएको संगीत स्मारिका फुयाँल तथा अनुप तिमल्सिनाले गरेका छन्।
आइतबारबाट मञ्चन सुरु भएको नाटक साउन १५ गतेसम्म मंगलबारबाहेक हरेक दिन नियमित ५ः ३० बजे मञ्चन हुनेछ। शनिबार भने नाटक नियमित शोसँगै १ बजेपनि मञ्चन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।