• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार १९, २०८२ Thu, Jul 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार
नेपालमा मल कारखाना खोल्ने होइन, रासायनिक मलको विकल्प खोजौं
प्रकाश पनेरु  शुक्रबार, साउन १३, २०७९  १४:१९
1140x725

अहिलेको अवस्थामा हाम्रा किसानले रासायनिक मलको हाहाकारका बीच खेती गरिरहनु परिरहेको छ। मल आपूर्तिको विषयले समग्र कृषि क्षेत्रसँगै हाम्रो अर्थतन्त्रमा पनि असर पारिरहेको छ। कुन बालीलाई कति मल आवश्यक पर्छ भनेर हामी सबैलाई थाहा छ। मुख्यत: धान खेतीका बेला मलको बढी आवश्यक पर्छ र धान खेतीकै बेला मलको अभाव पनि चुलिन्छ। 

धान बालीका लागि भनेर पहिला १०० केजी नाइट्रोजन, ३० केजी फस्फोरस र ३० केजी पोटास मिलाएर १००:३०:३० को अनुपातमा एनपीपीको डोजमा सिफारिस गर्ने गरेका थियौं। यस्तो डोज पहिले सबै प्रकारका धान खेतीको लागि सिफारिस गरिएको थियो। तर, अहिले भने भूगोल, त्यहाँको धान खेती, बाली विशेषलाई हेरेर फरक–फरक डोज सिफारिस गर्ने गरिएको छ। देशको पूर्वी क्षेत्र र पश्चिमी क्षेत्रमा हुने धान खेतीमा फरक फरक डोज मल आवश्यक पर्छ, र पछिल्लो समय त्यहीअनुसार सिफारिस हुँदै आएको छ।  

नेपालमा खाद्यान्न बालीको खेती धेरै गरिने हुँदा यहाँ रासायनिक मल पनि खाद्यान्न बालीमा नै बढी प्रयोग भएको पाइन्छ। अन्य बालीहरु जस्तै, उखु, आलु र किम्बु खेतीमा पनि अत्यन्तै बढी रासायनिक मल प्रयोग गरिन्छ। 

कोसेबालीको हकमा भने युरियाको भन्दा फोस्फोरस र पोटोसको प्रयोग बढी गरिन्छ। यसमा नाइट्रोजनको मात्रा कम र फोस्फोरस र पोटासका मात्रा बढी प्रयोग गरिन्छ, किनकि यो बालीमा प्राकृतिक रुपमा नै नाइट्रोजनले माटोको स्थीरिकरण बढी गर्छ। 

मलको अभाव चुलिँदा यसको विकल्पको बारेमा पनि बहस हुन्छ। धेरैले यसको सजिलो विकल्प अरु हुन सक्दैन पनि भन्छन्। तर, रासायनिक मलको विकल्प हुँदैन भन्ने हुन्न। पक्कै पनि रासायनिक मलको विकल्प हुन्छ। म यसलाई अलिकति फरक तरिकाले सोच्छु। मेरो भन्दा २ पुस्ता अगाडि भनौं वा मेरा बुवा, हजुरबुवा मात्रै पो रोजगारीका क्रममा सिफ्ट भएका हुन्। नत्र त्यहाँभन्दा अगाडिको पुस्तालाई कृषिले नै धानेको थियो। मेरै हजुरबुवा वा उहाँको पुस्ताका अरु मान्छेलाई नेपाली कृषिले थामेर राखेको हो। त्यो समयमा रासायनिक मल भन्ने पनि थिएन। उहाँको पुस्ताले त्यो प्रयोग पनि गरेन। 

त्यसैले रासायनिक मल नहुँदा नेपाल रहन्छ कि रहँदैन भन्ने सन्दर्भमा रहन्छ। यो नहुँदा पनि अगार्निक मल विकल्पको रुपमा रहन्छ। तर, सँगसँगै हाम्रो जनसंख्या वृद्धिको दर उच्च छ। त्यो भनेको खाने मुख पनि बढ्दो छ। अहिले फूड सेक्युरिटी (खाद्य सुरक्षा) र पोषणका कुरा आइराखेका छन्, योसम्बन्धी जानकारी वा चेतना पनि जनतामा हुन जरुरी छ।

हामी दुईवटा अवस्थामा छौं। एकातिर दिगोपनको लागि कुरा गर्दैछौं भने अर्कोपट्टि भोको पेटलाई खुवाउनुपर्ने अवस्थामा छौं। मेरो विचारमा गर्न नसक्ने पनि होइन। विकल्पको रुपमा अर्गानिक मल बन्छ। तर, उत्पादन पनि बढाउनु जरुरी छ। नेपालको कृषि क्षेत्रमा मध्यम खालको उपाय खोज्नुपर्ने हुन्छ। 

रासायनिक मलको आवश्यकता सबैभन्दा बढी हुने भनेको धानमा हो। त्यो धान बालीमा प्रयोग हुने युरियाको ठाउँमा धानभन्दा पहिलो ढैंचा प्रयोग गर्न सकिन्छ। तराईमा हुने धान, गहुँ खेतीप्रणालीमा आधारित छ, बाली संलग्नता भन्ने गरिन्छ जसलाई। त्यहाँ पहिलो बाली धान लगाउँ, दोस्रो बाली गहुँ लगाउँ  भने तेस्रो बाली मुङ (दाल) लगाइदिउँ। मुङ भनेको कोसेबाली हो, जसले नाइट्रोजन फिक्स गर्छ। मुङले कभर क्रपसँगै मल्चिग र ग्रीन म्यानुअरको रुपमा पनि काम गर्नेभयो। 

गिर्खा हुने बालीमा, दलहन बालीलाई ध्यान दियौं भने अवश्य पनि रासायनिक मलको प्रयोग कम गर्न सकिन्छ। माटोको कन्टेन्टलाई बढायौं भने यसको विकल्प नहुने भन्ने कुरा होइन। हाम्रो अनुसन्धानले प्रशस्त विकल्प देखाएका छन्। तर, हामी कुन कति कन्टेन्टमा जान्छौं भन्ने मात्रै हो।  

जस्तै अहिले माटो विज्ञान अनुसन्धान केन्द्रकै कुरा गरौं, यो केन्द्रले माटो र मलसँग आधारित भएर अनुसन्धान गर्छ। रासायनिक मलको प्रयोगले उत्पादनमा हुने बेफाइदाहरु र माटोमा ल्याउने ह्रासहरु धेरै छन् र प्रांगारिक मलको प्रयोगले माटोमा ल्याउने दिगोपनको बारेमा अध्ययन भएको छ। प्रांगारिक मलको प्रयोगले उत्पादनमा बढ्छ। यस केन्द्रले  विभिन्न बालीबस्तु विशेष कार्यक्रमअन्तगर्त जस्तै धान बाली, मकै बाली गहुँ बालीले मलको आवश्यकता र माटोको दिगोपनसँग रहेर अझै धेरै अनुसन्धान गरिराखेको छ। 

यो परीक्षण ल्याबले गर्ने कुरा हो। नेपालमा आपूर्ति हुने रासायनिक वा युरिया नेपाल सरकारले ल्याउने गरेको छ। नेपाल सरकारले ल्याबले प्रमाणित नगरिकन किनेको छैन। ल्याबले प्रमाणित गरिसकेपछि नै किन्ने हो। ल्याबमा आएको मल कसैले तलमाथि गरे, त्यो हामीले भन्न सक्ने कुरा होइन्। म आफैं भने ल्याबलाई विश्वास गर्छु। ल्याबले परीक्षण गरेर मात्र किसानकोमा मल पुग्छ।  

यदि माटोमा अर्गानिक तत्व छैन भने तपाईं जतिसुकै मल–पानी हाल्नुस्, त्यसले कुनै काम गर्दैन। अर्गानिक तत्व यस्तो चिज हो जसले पानीलाई होल्डिङ गर्ने, प्रोटिन होल्डिङ गर्ने क्षमता वृद्धि गर्छ। अर्को यसले पीएच मा एसिडिटी बढाउँछ। पीएचमा चेन्ज गरि लोअर बनाउँछ। पीएचको मान हामीले न्युट्रल चाहिँ ७ भन्छौं,  त्योभन्दा तल र माथि जाँदा विभिन्न तत्वहरुमध्ये कुनै तत्व पीएच तल आउँदाखेरी अनअभाइलेबल हुन्छ विरुवाका लागि कुनै तत्व माथि जाँदा पनि त्यस्तै असर देखिन्छ। त्यसैले हामीलाई चाहिएको भनेको पीएच भनेको त न्युट्रल हो। रासायनिक मलले पीएचलाई कि तल गर्छ कि त माथि। धेरै जस्तो त युरिया, फस्फोरस र पोटासियमको प्रयोग गर्छौं, त्यसले पीएचलाई तलमाथि गराउने भयो। त्यसैले रासायनिक मलले असर चाँही गर्छ।

अहिले रासायनिक मलको कारखाना खोल्ने कुरा गर्दै गर्दा सोच्नुपर्ने कुरा के हो भने यसबाट हामीले कति उत्पादन गर्न सक्छौं। र, कारखानलाई हामी कति काम दिन सक्छौं। लगानी गर्ने, तर वर्षमा २ महिनामात्र त्यो मेसिन चल्ने हो भने मेसिनको मूल्य पनि नउठ्ला। यसमा आर्थिक पाटोबाट पनि हेर्नुपर्ला। अहिले बजारमा अभाव छ भनेर मल उत्पादन गर्‍यो, माग एक महिनामै पुरा भयो। अनि १० महिना चाँही आवश्यक छैन भन्ने भयो भने के गर्ने?

नेपालमा मल कारखाना स्थापना गर्ने नै प्राथमिकता हो भने असम्भव भन्ने त के नै होला र, तर नेपालको मागले मात्रै हुँदैन। भारतका बजारलाई लक्षित गर्न सक्छौं भने पनि ठिकै हुन्छ। बरु सरकारले अरु युरिया उत्पादकमा सेयर नै लगानी गर्ने र वार्षिक कति पाउने भनेर त्यो लिने हो कि?  तर नेपालमै स्थापना गर्दै गर्दा त्यो इनर्जीको डिमान्ड कसरी पूरा गर्दै छौं भन्ने प्रश्न सुरु हुन्छ। त्यो तहको उर्जा हामीसँग छ कि छैन? त्यसबाट उत्पादन भएको क्वान्टिटी नेपालमै खपत गराउन सक्ने हो वा नसक्ने होर? कति महिना चल्ने हो फ्याक्ट्री? त्यो कुरामा आर्थिक फाइदा पनि हेर्नुपर्छ। त्यसै लहडमा मल उद्योग मात्र खोल्ने भनेर हुँदैन। 

हाम्रो मौलिक कृषि  अभ्यास छ। हामी पुरानो खालको कृषि अभ्यासमा रहँदै आएका छौं। त्यसलाई हेर्ने हो भने नेपालका लागि सबैभन्दा राम्रो एकीकृत खेती प्रणाली नै हो। जस्तो गाई–भैंसी पनि पालेको छ, खेती–किसानी पनि गरेको छ। जसले गर्दा गाई–भैंसीको प्रांगारिक मल कृषिमा प्रयोग हुन्छ, उता कृषिबाट उत्पादन भएको घाँस गाई–भैसीलाई खुवाउन मिलेको छ।

त्यही सिस्टममा जाने हो भने पनि सफल हुन सकिन्छ। अहिले खाने मुख बढ्दै छ। त्यही अर्गानिक तथा प्रांगारिक कृषिले हाम्रो  पेट भर्न सकिन्छ वा सकिँदैन भन्ने एउटा विषय हो।

(राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका विज्ञ पनेरुसँग गरिएको कुराकानीको आधारित) 

 

यो श्रृङ्खलाका थप सामग्रीहरु:

रासायनिक मलको कथा र 'कृषि प्रधान' देशका किसानले भोग्दै आएको व्यथा 

मल अभाव हुन नदिन अब तीनै तहका सरकार मिलेर योजना बनाउनुपर्छ : योगेन्द्रकुमार कार्की [अन्तर्वार्ता]

सरकारले मल दिएन, किसान आफैं पुगे सीमापारि!

नेपालमा रासायनिक मल कारखानाः बजेटमा सधैं, सञ्चालनमा कहिले? 

प्रांगारिक मल उत्पादनतर्फ नगरहरु : रासायनिक मलको विकल्प बन्न सक्ला?

जब शारदाहरु प्रवेश गर्छन् अनि महिनामा आइपुग्ने मल वर्षौंसम्म पनि आउँदैन

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १४:१९
  • ##मल विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको अन्तरिम आदेश बिहीबार, असार १९, २०८२
जनकपुरले आसिफ र ललितसहित ७ खेलाडी रिटेन गर्यो बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
बारामा जगदम्बा स्टिलको भट्टी पड्कियो, केही मानिस घाइते बुधबार, असार १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्