• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
डीएसपीको कमाण्डमा सातै प्रदेशमा सशस्त्रले पठायो इन्टेलिजेन्सको टोली
64x64
नारायण अधिकारी आइतबार, साउन १५, २०७९  १७:१९
1140x725

काठमाडौं– सशस्त्र प्रहरी बल, हेडक्वाटरले सातै प्रदेशमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा इन्टेलिजेन्स ब्यूरोको टोली पठाएको छ। इन्टेलिजेन्स ब्यूरोको क्षमतालाई थप प्रभावकारी बनाउन भन्दै सशस्त्र हेडक्वाटर हल्चोकले सातै प्रदेशमा डीएसपीको कमाण्डमा टोली खटाएको हो।
 
सशस्त्र प्रहरी हेडक्वाटरका अनुसार करिब दुई साताअघि मात्रै सात डीएसपीको कमाण्डमा सात प्रदेशमा इन्टेलिजेन्सी ब्यूरोको टोली पठाइएको छ। यसअघिसम्म सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को कमाण्डमा प्रदेशमा ब्यूरोको टोली खटाइन्थ्यो।

यसअघि इन्सपेक्टरको कमाण्डको टोलीले १४ वटासम्म जिल्ला हेर्नुपर्ने भएकाले प्रभाकारी रुपमा ब्यूरोले काम गर्न नसकेको भन्दै डीएसपीको कमाण्डमा टोली खटाइएको छ।

‘इन्टेलिजेन्स ब्यूरोलाई थप प्रभावकारी बनाउने उदेश्यले डीएसपीको कमाण्डको टोली खटाइएको हो,’ सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विदुर खड्काले नेपाल लाइभसँग भने, ‘टोलीले आफू मातहतको प्रदेशमा भएका तथा हुनसक्ने सम्भावित घटनाको सूचना संकलन गर्नेछ। अपराध हुनबाट रोक्न र आगामी रणनीति बनाउनसमेत उक्त सूचनाले सहयोग पुग्ने छ।’

डीएसपीको कमाण्डको टोलीले आफ्नो प्रदेशमा हुनुगरेका अपराध, सीमा सुरक्षा, तस्करी, आतंकवाद, सशस्त्र गतिविधि, राजनीतिको आवरणमा हुने अपराध र हुनसक्ने सम्भावित अपराधकाबारेमा सूचना संकलन गरेर हेडक्वाटरलाई रिर्पोटिङ गर्नेगर्छ।

मुख्यगरी तराईका जिल्लामा हुने सीमा अपराध र सीमा सुरक्षाका विषयमा ब्यूरोको टोलीले विशेष निगरानी गर्ने गरेको छ। ‘अन्य जिल्लाका तुलनामा भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरुमा सुरक्षा चुनौती बढी हुने र सीमा सुरक्षाको कुरा पनि बारम्बार उठिराख्ने भएकाले यीनै कुरालाई विशेष निगरानीका साथ ब्यूरोको टोलीले हेर्ने गरेको छ’, सशस्त्र प्रहरी हेडक्वाटर स्रोतले नेपाल लाइभसँग भन्यो ।

इन्टेलिजेन्स ब्यूरोबाट खटिएका टोलीले सादा पोशाकमा गुप्त रुपमा सूचना संकलन तथा विश्लेषण गर्छन्। यसको दैनिक रिपोर्टिङ प्रदेश कमाण्डर (डीएसपी)ले हल्चोक हेडक्वाटरस्थित इन्टेलिजेन्स ब्यूरोमा गर्नेछन्। सशस्त्र प्रहरी महानिरीक्षक (आईजी)को प्रतक्ष्य मातहतमा रहने गरी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को कमाण्डमा  इन्टेलिजेन्स ब्यूरो रहने गर्छ।

डीएसपीको कमाण्डमा सातै प्रदेशमा ब्यूरोको टोली खटाएसँगै ब्यूरो बाहेकबाट सादा पोशाकमा सशस्त्र प्रहरी खटाउनसमेत प्रतिबन्ध लगाइएको छ। यसअघि नै सशस्त्र हेडक्वाटरले बोर्डर आउट पोस्ट (बीओपी), गुल्म, गण, बाहिनीलगायतबाट खटाउँदै आएका सादा पोशाकमा प्रहरी हटाएको थियो। 

हरेक जसो युनिटले सादा पोशाकमा घुमुवा खटाउँदै आएपछि विकृति बढेको भन्दै सशस्त्र हेडक्वाटरको निर्देशन धमाधम घुमुवा प्रहरी हटाइएको थियो। सादा पोशाकमा खटिएका चारसय घुमुवा प्रहरीलाई सम्बन्धित कार्यालय तानेर नियमित ड्युटीमा लगाइएको थियो।

खासगरी तराईका जिल्लाहरूमा सशस्त्रका युनिटहरूले घुमुवा प्रहरी खटाउँदै आएका थिए। सूचना संकलनका लागि भनेर खटाइएका घुमुवा प्रहरीहरू अवैध असुली लगायतका धन्दाहरुमा लाग्ने गरेको गुनासो आएपछि सशस्त्र आईजीपी राजु अर्यालको निर्देशनमा घुमुवा हटाइएको थियो।

केही घुमुवाका कारण सिंगो संगठन न बद्नाम हुने अवस्था आएको भन्दै घुमुवा हटाएको सशस्त्र हेडक्वाटरले इन्टेलिजेन्स तालिम लिएका बाहेकका सुरक्षाकर्मीलाई सादा पोशाकमा नखटाउनसमेत निर्देशन दिएको थियो।

घुमुवा प्रहरीका कारण पटक–पटक संगठन नै विवादमा मुछिँदै आएको छ। गत वर्षमात्रै महोत्तरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वरिष्ठ हवल्दार राजीशरण साहलाई पाँच हजार घुसहित पक्राउ गरेको थियो।

२०७६ जेठ २३ गते सशस्त्रका इन्सपेक्टरलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो। रुपन्देहीको विष्णुपुरमा कार्यरत इन्पेक्टर तेजबहादुर जोरा ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए।

इलाका प्रहरी कार्यालय रनैया, रुपेन्देहीमै कार्यरत सशस्त्रका इन्सपेक्टर केशव वस्नेत १५ हजार रुपैयाँ घसहित पक्राउ परेका थिए। गत जेठमा मात्रै प्रदेश २ स्थित छिन्नमस्ता बाहिनीबाट खटिएका घुमुवाविरुद्ध हाहतियार तस्करलाई सहयोग गरेको आरोपमा पक्राउ पूर्जी नै जारी भएको थियो। रौतहटकामा कार्यरत जवान अरुण झा ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए।

प्रकाशित मिति: आइतबार, साउन १५, २०७९  १७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध  सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएक... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला मंगलबार, असार २४, २०८२
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह मंगलबार, असार २४, २०८२
तस्बिरमा हेर्नुहोस् नेपाल–चीन सीमा क्षेत्रमा बाढीको दृश्य मंगलबार, असार २४, २०८२
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै मंगलबार, असार २४, २०८२
देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्