काठमाडौं– भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवलाई हृदयाघात भएको छ। बुधबार एक्कासी स्वास्थ अवस्था बिग्रिएपछि उनलाई दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको थियो।
भारतीय समाचारमाध्यमहरुका अनुसार जिममा 'वर्कआउट’ गर्ने क्रममा उनलाई हृदयfघात भएको हो।
राजुका भाइ दीपुले यसको पुष्टि गरेका छन्। उनले भने, ‘राजु होटलको जिममा वर्कआउट गर्दै थिए। ट्रेडमिलमा भएको बेला छातीको दुःखाइ बल्झिएपछि तल झरेका थिए।’
अहिले उनको स्वास्थ्य अवस्था राम्रो भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।