• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
खुमबहादुरको मुद्दाको नजिरमा टेकेर मिटरब्याजी श्याम परदेशीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा
64x64
नारायण अधिकारी बुधबार, भदौ १, २०७९  १८:२०
1140x725

काठमाडौं– भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री (दिवंगत) खुमबहादुर खड्काको मुद्दाको नजिरमा टेक्दै मिटरब्याज आरोपी श्याम परदेशी (श्यामकृष्ण साह)विरुद्ध सम्पत्ति सुद्धीकरणको मुद्दा दर्ता भएको छ।

ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा जाहेरी परेपछि परदेशीविरुद्ध जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेको थियो। उक्त मुद्दाको पुर्पक्षका लागि रौतहट जिल्ला अदालतले उनलाई थुनामा पठाउने आदेश गरेपछि कारागार कार्यालय गौर, रौतहट पठाइएको थियो। 

परदेशीले ठगी गरेर रकम आर्जन गरेको भन्दै उनीविरुद्ध गृहमन्त्रालय हुँदै सम्पत्ति सुद्धीकरण विभागमा उजुरी समेत परेको थियो। सम्पत्ति सुद्धीकरण विभागले परदेशीविरुद्ध ३ करोड २० लाख ९२ हजार ६५८ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ।

उनकी पत्नी मन्जुदेवीको हकमा भने ६५ लाख ६५ हजार ३५५ रुपैयाँ बिगो दाबी गरिएको छ।

करिब ४ करोडको सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा दर्ता गर्न विभागले पूर्वगृहमन्त्री खड्काको मुद्दाको नजिरको ‘सहयता’ लिएको छ। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका खड्काले आफ्नो सम्पत्तिको स्रोत देखाउन ऋण लिएको विषय समेत उल्लेख गरेका थिए। तर कसैबाट वा बैंकबाट निश्चित समयमा लागि लिएको तिनुपर्ने ऋणलाई स्रोत भन्न नमिल्ने भन्दै अदालतले फैसला गरेको थियो। 

त्यही नजिरमा टेक्दै परदेशीविरुद्ध मुद्दा दायर गरिएको हो। परदेशीले पनि आफ्नो सम्पत्तिलाई वैधानिक देखाउनका लागि विभिन्न बैंकबाट ऋण लिएको दाबी गरेका थिए। उक्त दाबीको ‘खण्डन’ हुने गरी विभागले खड्काको मुद्दामा सर्वोच्चले स्थापित गरेको नजरलाई आधार मानेको छ। 

खड्काको मुद्दाको फैसलामा भनिएको थियो, ‘घरसारमा लिएको कर्जा भाखाभित्र तिर्नु बुझाउनु पर्ने र आर्जन वा सम्पत्तिबाटै कर्जा तिरिने हुँदा ऋण लिएको रकम सधैंका लागि आयस्रोत भइरहन्छ भन्न तर्कसम्मत हुँदैन। घरसारमा ऋण लिएको भनिएको लिखत मितिबाट कर्जा बुझाउने म्याद समेत बाँकी नरही समाप्त भैसकेको र साहुको नालेस नपरेको अवस्थामा घरसारको ऋण निष्क्रिय मान्नुपर्ने हुन्छ। कानुन बमोजिम भाखा नाघिसकेको घरसारको भनिएको ऋण आयस्रोत कायम हुन सक्दैन।’

परदेशीले पनि श्रीमती मन्जुदेवीको नाममा बैंकबाट कर्जा लिएको र उक्त कर्जालाई आफ्नो आम्दानीको स्रोतमा उल्लेख गर्ने मनसायले अपुष्ट तमसुक बनाउने सम्मको काम गरेको विभागको ठहर छ। 

‘एकातर्फ कानुनले तोकेभन्दा बढी दरमा ब्याजमा रकम लगानी गरी गैरकानुनी आम्दानी गर्ने र उक्त रकम वैध हो भनेर प्रमाणित गराउन दुषित मनसायले कर्जा लेनदेनका कागजात खडा गर्ने कार्य कानुन विपरीत छ,’ अभियोगपत्रमा उल्लेख गरिएको छ। 

४८ पीडित: कोबाट कति रकम भयो ठगी?
प्रहरीमा जोहरी दिएका बेला परदेशीबाट ३०० जनाभन्दा बढी व्यक्ति पीडित भएको दाबी गरिएको थियो। ३०० जनाबाट करोडौं ठगी गरेको बताइए पनि परेदेशीविरुद्ध जम्मा ४७ जनाले मात्रै जाहेरी दिएका थिए। ४७ जनालाई विभिन्न मितिमा गरेर १ करोड १९ लाख २ हजार लगानी लगाउँदै कपाली तमसुक बनाएर उनले ठगी गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ। 

परदेशी र उनको परिवारबाट ठगिनेहरुको सूची:

ऋण दिएकाहरुबाट परदेशीले २ करोड ५५ लाख २३ हजार लिइसकेको अनुुसन्धानबाट खुलेको छ। तर, यति रकम तिरिसक्दा समेत परदेशीले अझैं करोडौं रकम असुल्न बाँकी रहेको भन्दै पीडितलाई नक्कली कपाली तमसुक देखाउँदै धम्क्याउँदै रकम असुल्ने गरेको अनुसन्धानबाट खुलेको छ। 

४ लाख ऋण लिएर १ करोड ३२ लाख हत्याउने दाउ!
परदेशीले ४ लाख ७० हजार रुपैयाँ ऋण लिएर १ करोड ३२ लाख रुपैयाँभन्दा बढी हत्याउने योजना समेत बनाएको अनुसन्धानबाट खुलेको छ। 

योगनारायण धामीले सुरुमा ४ कठ्ठा १० धुर जग्गा कपाली तमसुक बनाएर परदेशीलाई पास गदिएर २ लाख ऋण लिएका थिए। धामीले त्यो ऋण चुक्ता गरिसकेपछि जग्गा समेत फिर्ता लिए। तर २०६८ मंसिर २१ गते बुवा बिरामी हुँदा योगनारायणले लिएको ४ लाख ७० हजार ऋणबाट भने परदेशीले १ करोड ३२ लाखसम्म हत्याउन खोजेको अनुसन्धानबाट खुलेको छ।

Shyam_pardeshi_and_his_wife_pic1660740127.jpg
श्याम परदेशी र उनकी श्रीमती मञ्जु देवी

त्यतिबेला ऋण दिँदा परदेशीले कपाली तमसुक बनाएर योगनारायणको ४ कठ्ठा १० धुर जग्गा आफ्नी छोरी इलाको नाममा ‘नामसारी’ गरेका थिए। यस्तै, श्रीमती मञ्जु देवीको नाममा २ कठ्ठा १४ धुर जग्गा ‘पास गराइ’ कपाली तमसुक बनाए। योगनारायणले त्यतिबेला सुरुमा २ लाख ७० र त्यसपछि २ लाख गरी जम्मा ४ लाख ७० हजार रुपैयाँ ऋण लिएका थिए। 

उक्त ऋणबापत ६ लाख रुपैयाँ तिरिसकेको योगनारायणको दाबी छ। तर परदेशीले भने आफूलाई तिर्नुपर्ने १ करोड, छोरी इलालाई तिर्नुपर्ने ३१ लाख २० हजार, निशा साहलाई तिर्नुपर्ने १ लाख २० हजार गरेर १ करोड ३२ लाख ४० हजार ऋण बाँकी रहेको भन्दै कपाली तमसुक बनाएर रकम हत्याउन खोजेको अभियोग पत्रमा दाबी गरिएको छ। 

त्यसैगरी, शारदादेवी चौधरीकलाई पनि १ लाख रुपैयाँ दिएर परदेशीले ४ लाख रुपैयाँसम्म असुलेको पाइएको छ। १ लाख रुपैयाँ दिएर २ वटा कपाली तमसुक बनाएर ४ लाख रुपैयाँसम्म असुलेको दाबी अभियोग पत्रमा गरिएको छ।

शारदादेवीले पछि ४ लाख ५ हजार रुपैयाँ ऋण लिँदा पनि परदेशीले नक्कली तमसुक बनाएर  १८ लाख रुपैयाँसम्म असुल्न खोजेको अभियोग पत्रमा उल्लेख गरिएको छ।

परदेशी र मञ्जुदेवीको ३९ ठाउँका जग्गा रोक्का
परदेशी र उनकी श्रीमतीको नाममा रहेको जग्गा रोक्का समेत रोक्का गरिएको छ। चक्रिय ब्याजमा  ऋण दिएर करौडी रुपैयाँ ठगी गरेको पाइएको भन्दै परदेशीको नाममा रहेका १६ ठाउँका जग्गाहरु रोक्का गरिएको अभियोगपत्रमा उल्लेख गरिएको छ। 

परदेशीको नाममा रहेका सर्लाहीको पिपरिया, विष्णुपर, मलंगवामा रहेका १६ ठाउँका जग्गाहरु रोक्का गरिएको उल्लेख गरिएको छ। 

श्याम परदेशी र उनकी श्रीमती मञ्जुदेवीको नाममा रहेका जग्गाको विवरण:

त्यसैगरी उनकी श्रमतीको नाममा रहेको २३ ठाउँका जग्गा पनि रोक्का गरिएको छ। सर्लाहीको जब्दी, चन्द्रनिगाहापुर, चेल्ही, पिपरिया, विष्णुपुर बल्वासोकनाहाको २९ ठाउँमा रहेका जग्गा रोक्का गरिएको हो। 

सम्पत्ति शुद्धीकरण विभागका अनुसार अकूत सम्पत्ति कमाउन लागि उनीहरुले सर्वसाधारण व्यक्तिहरुलाई चर्को ब्याजमा लगानी लगाइ ठगी गर्ने गरेका थिए। चर्को ब्याजमा ऋण दिने र नक्कली तमसुक बनाउने, ऋण तिरिसक्दा समेत तमसुक फिर्ता नदिइ आफैंसँग राख्ने र ऋण चुक्ता नभएको भन्दै निरन्तर रकम लिने, ऋण लिने बेलामा धितोमा राखिएको सर्वसाधरण घरजग्गा समेत गैरकानुनी रुपमा आफ्नो नाममा ल्याउने गरेको विभागको अनुसन्धानबाट खुलेको छ।

विभागका अनुसार परदेशी र उनको परिवारले गैरकानुनी श्रोतबाट आर्जन गरेको रकमलाई पुनः कर्जामा लगाएर अवैध रुपमा आर्जन गर्ने गरेका थिए।  चक्रिय ब्याजबाट गरेको अवैध आम्दानीबाट श्रीमती मन्जुदेवीको नाममा जग्गा गरिद गर्नेदेखि बैंकमा मौज्दात समेत राख्ने गरेको विभागले दाबी गरेको छ। 

अवैध आम्दानीबाट आएको रकमबाट श्रीमती मन्जुदेवीको नाममा भेल्ही–६ सलार्हीमा कित्ता नम्बर १२–२ को ८ कट्टा जग्गा, कित्ता नम्बर ३८३ मा १० धुर, कित्ता नम्बर ५०९ मा ९ कठ्ठा, चन्द्रनिगाहापुर र लक्ष्मीपुरमा समेत जग्गा खरिद गरेको विभागको दाबी छ। 

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ साहले प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी र नायव सुब्बाहरू मदन चौधरी तथा सञ्जय मण्डललाई बर्खास्त गर्न निर्देशक पा... सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान अन्सारी नक्कली भारतीय नोट प्रकरणमा दोषी ठहर भएपछि ललितपुरको नख्खु कारागारमा ६ वर्षको कैद सजाय भुक्तान गरी आइतबार छुट्ने क्रममा थिए ।... सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले हामीले रोजेको लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धतिका रूपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै... सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्