• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
उडान नभएपछि ‘टिकटक’ र ‘सेल्फीस्पट’ बन्यो रेसुंगा विमानस्थल 
64x64
अजय खड्का सोमबार, भदौ ६, २०७९  १०:०९
1140x725

गुल्मी– गुल्मीको रेसुंगा विमानस्थलमा सम्झौता अनुसारका काम सबै सकिए पनि उडान अझै अनिश्चित छ। कालोपत्रे र रङरोगनले धावनमार्ग चिटिक्क पारिएको छ। 

निर्वाचन आसपास नियमित उडान सुरु हुने चर्चा भए पनि तत्काल उडान सुरु हुने सम्भावना देखिँदैन। विमानस्थलमा जिल्ला तथा बाहिरबाटसमेत दैनिक सयौं व्यक्ति पुग्छन् । केही समय पहिले स्कुटर, मोटरसाइकल र गाडी नै लिएर ठूला नेतादेखि सर्वसाधारण विमानस्थलमा पुग्थे। 

No description available.

विमानस्थलबाट गुल्मी, पाल्पा तथा अर्घाखाँचीका दृश्यावलोकन गर्न सकिने भएकाले अहिले टिकटक बनाउनेहरू यहाँ पुग्ने गरेका छन्। जसका कारण धावनमार्ग कुरूप बन्न थालेको छ। धरै मानिसहरु जाउजाउ गर्ने भएकाले कन्ट्रोल टावरको सिसासमेत फुटिसकेको छ। 

करोडौं खर्च गरेर निर्माण गरिएका संरचनामा क्षति हुन थालेको छ। विमानस्थलजस्तो संवेदनशील ठाउँमा निर्माणदेखि नै सुरक्षा हुनुपर्ने भए पनि बनेका संरचना तोडफोड हुने बेलासम्म राज्यको ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ। 

गाउँकै केही व्यक्तिको पूर्वाग्रह र राजनीतिक प्रतिशोधका कारण विमानस्थलमा क्षति भएको आरोप छ। विमानस्थलमा क्षति भएको विषयमा अनुसन्धान सुरु गरी नियमित उडानको पहल सुरु गरिएको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताए।

विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर बी–कोई श्रेष्ठ जेभीले ४ चैत ०७६ मा चार करोड ५ लाख २९ हजार ६ सय १० रुपैयाँमा सम्झौता गरेर काम गरेको थियो। निर्माण व्यावसायी हरिकुमार श्रेष्ठले आफूहरूले सम्झौताअनुसार काम गरेर बुझाएको बताए। 

No description available.

विमानस्थल आयोजनाले विमानस्थलमा नियमित उडान नहुने बेलासम्म संरक्षणका लागि वडा कार्यालय, रेसुंगा नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ। रेसुंगा नगरपालिकाबाट एक नगर प्रहरी विमानस्थलमा खटाइएको १० दिनपछि आफूहरू फर्किएको आयोजनाका इन्जिनियर दिनेश परियारले बताए।

पहिले पनि विमानस्थल निर्माणकै क्रममा निर्माण व्यवसायीका गाडी र संरचनाहरू तोडफोड हुने गरेका थिए। ‘कन्ट्रोल टावरको सिसा नै फुट्नु दुःखद विषय हो। पहिले पनि गाडीको सिसा र ड्रमलगायतका सामग्री तोडफोड हुन्थे,’ उनले भने, ‘जिम्मेवार व्यक्तिबाहेक अरूलाई प्रवेश नगराउन भने पनि त्यसो भएन।’ 

No description available.

सार्वजनिक महत्वपूर्ण संरचनाको संरक्षणको दायित्व सबैको भएकोतर्फ उनले सचेत गराएका छन्। विमानस्थल निर्माणको लागि अहिलेसम्म ३२ करोडभन्दा बढी खर्च भएको छ।

तत्काल नियमित उडान सम्भव छैन : प्रवक्ता निरौला
नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दुर्गममा उड्ने जहाजहरूको संख्या नै कम भएको कारण नियमित उडान गर्न नसकिएको बताए। प्राइभेट एयरलाइन्सहरूले नाफा नभएसम्म उडान नगर्ने भएकाले समस्या भइरहेको उनको भनाइ छ। 

No description available.

यो वर्ष रेसुंगा विमानस्थलमा कन्ट्रोल टावरका उपकरण जडानको काम हुने जानकारी दिँदै उनले प्राइभेट कम्पनीहरूसँग नियमित उडानको विषयमा छलफल भइरहेको बताए। विमानस्थल निर्माणसँगै संरक्षणको दायित्व पनि आफूहरूको भएकाले प्रहरी, प्रशासन र स्थानीय तहलाई पत्राचार गरिएको उनले प्रस्ट पारे।

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १०:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अजय खड्का
लेखकबाट थप
अरिङ्गालको टोकाइबाट गुल्मीमा १ जनाको मृत्यु
चट्याङ लागेर गुल्मीमा १५ वर्षीया किशोरीको मृत्यु
रास्वपाका उपसभापति भन्छन्– खोलाबाट पानी ल्याउँदा पनि उत्सव मनाउने अवस्थामा छौँ
सम्बन्धित सामग्री
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो उनले भने, “इन्भर्ट निर्माणको काम बुधबारदेखि सकिएको छ। ‘लाइनिङ’को काम धमाधम अगाडि बढाइरहेका छौँ। हालसम्म लाइनिङको काम ८३४ मिटर सकिएको... बिहीबार, असार १९, २०८२
प्रधानमन्त्री ओलीले भने, ‘हुम्ला अब टाढा छैन, केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ’ ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतिक्षा पूरा हुन थालेको उल्लेख गरेक... शुक्रबार, असार १३, २०८२
दोर्दी केन्द्र जोड्ने सडक कालोपत्रे गर्न सुरू यस खण्डअन्तर्गत उदिपुर–रिठ्ठेबगर–नौथर सडकमा केही दिन अघिदेखि कालोपत्रे सुरू भएको हो। बिहीबार, असार १२, २०८२
ताजा समाचारसबै
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला मंगलबार, असार २४, २०८२
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह मंगलबार, असार २४, २०८२
तस्बिरमा हेर्नुहोस् नेपाल–चीन सीमा क्षेत्रमा बाढीको दृश्य मंगलबार, असार २४, २०८२
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्