• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
‘ऐना झ्यालको पुतली’ : पारिवारिक कथाभित्र बाल्यकालको ‘नोस्टाल्जिया’
64x64
नेपाल लाइभ मंगलबार, भदौ ७, २०७९  १७:०१
1140x725

काठमाडौं– निर्देशक सुजित बिडारीले भर्खर औपचारिक फिल्म अध्ययन सकेका थिए। त्यो बेला उनमा फिल्म बनाउनुपर्छ भन्ने हुटहुटी थियो। तर, सँगै द्विविधा पनि– के विषयमा फिल्म बनाउने? के विषयमा फिल्म बनाउने भन्ने सोच्दा–सोच्दै आधा दशकभन्दा लामो समय बित्यो।

लामो समयसम्म द्विविधा र हुटहुटी भइरह्यो। कालान्तरमा त्यसको परिणामका रुपमा उनले आफ्नै बाल्यकालको कथा छाने पर्दामा देखाउन। त्यसको परिणाम बन्यो, ‘ऐना झ्यालको पुतली’।

‘कस्तो फिल्म बनाउने भन्ने सोच्दा–सोच्दै ६/७ वर्ष बित्यो,’ बिडारीले भन्छन्, ‘त्यही क्रममा भूकम्प आयो। जीवन मोनोटोनस चलिरहेको थियो। केही लेखौं भनेर लेख्न थाल्दा किन आफ्नै बाल्यकालको सम्झनाको बारेमा नलेख्ने? किन आफ्नै दिदीहरुको, आमाहरुको कथा नभन्ने? भन्ने सोचाई आयो।’

No description available.

त्यही सोचलाई बृहत रुप दिँदै उनले एउटा कथा लेखे। साथीभाई माझमा त्यो कथा देखाए। कथा पढ्नेहरुले दिएको प्रतिक्रियामा एउटा समानता थियो। सुजितले लेखेको कथा सुजितकै मात्र नभएर अरुले आफ्नो ठान्न सक्थे।

‘यो भावना त युनिभर्सल इमोसन हो, यसमा काम गर्न सकिन्छ भन्ने सुझाव आयो,’ सुजित प्रि–प्रोडक्सनको समय सम्झिन्छन्। साथीभाईबाट आएको त्यस्तो सुझावले उनलाई थप आत्मविश्वास थियो। कथा पटकथामा रुपान्तरण हुन थाल्यो, स्क्रिनप्लेको रुपमा डालियो।

प्रि–प्रोडक्सनमा लेखनको काम सकिएपछि फिल्म खिच्न लोकेसनको खोजी भयो। सुजित र फिल्मका अन्य निर्माण पक्षका सदस्यहरु संखुवासभा पुगे। संखुवासभामा उनीहरुले खोजेजस्तै माहोल भेटाए। कलाकारहरु पनि संखुवा सभामै भेटिए। अभिनयको क्षेत्रबाट टाढा र फिल्मलाई पर्दामा मात्रै हेरिरहेका कलाकारलाई फिल्मकै पर्दामा देखाउन जमर्को गरे सुजितले।

लेखनदेखि छायांकन हुँदै पोस्ट–प्रोडक्सनको समयसम्म भएका सबै घट्नाक्रम र चरणहरु सुजितका लागि नयाँ थिए। ‘पहिलो फिचर फिल्म भएकाले लेखन पनि नौलो थियो, कास्टिङ्ग पनि नौलो थियो,’ सुजित भन्छन्, ‘छायांकन गर्ने कुरा पनि नौलो थियो। अहिलेको अवस्थासम्म आइपुग्दा पनि यो चरणसमेत मेरो लागि नौलो नै छ।’

सुजित आफू अहिले पनि सिक्ने नै क्रममा रहेको बताउँछन् । 

सुजितकै शब्दमा भन्दा ‘ऐना झ्यालको पुतली’ नेपाली समाजलाई टाढाबाट नियाल्ने एउटा इमान्दार प्रयास हो। समाजभित्रको कथालाई देखाउने प्रयास भएको बताउँछन् उनी। तर, यसको भनिरहँदा त्यसलाई डकुमेन्ट्री पनि सम्झन हुँदैन। सुजित भन्छन्, ‘डकुमेन्ट्री होइन्, एउटा भावनात्मक यात्रा भएको आख्यानिक सिर्जना हो।’

सुजित आफ्नो फिल्मको कथामा फिल्मका पात्रहरुसँगै फिल्म हेर्ने दर्शकले पनि यात्रा गर्ने बताउँछन्। ‘समग्रमा यो फिल्म भनेको एउटा परिवारका आमा, छोरा, दिदीहरुसँगको भावनात्मक यात्रा नै हो,’ सुजित भन्छन्, ‘यो यात्रामा दर्शकहरु पनि सँगै यात्रा गर्नुहुनेछ भन्नेमा मलाई विश्वास छ।’

बिडारीको निर्देशनमा बनेको फिल्मलाई राम कृष्ण पोखरेल, आकाश पौडेल तथा प्रविन स्याङ्बोसहित निर्देशक बिडारीले संयुक्त रुपमा निर्माण गरेका हुन्। 

विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा फिल्म छनोट हुँदा त्यहाँका सहरमा पनि फिल्म प्रदर्शन गरिएको सम्झन्छन् निर्माता पोखरेल। उनी भन्छन्, ‘यहाँ पनि फिल्म धेरैले हेरिनुपर्छ भन्ने लागेको छ। हामीले देखाएको कथा समान कथा हो।’

कोरोना महामारीअघि छायांकन सकिएको सुजितको फिल्म ‘ऐना झ्यालको पुतली’ विभिन्न अन्तर्राष्ट्रिय फिल्महरुमा पुग्यो। थुप्रै ठाउँमा राम्रो प्रतिक्रिया पायो। अहिले फिल्म प्रदर्शनको संघारमा छ। 

बुसान फिल्म फेस्टिभलसहित एसिया प्यासिफिक स्क्रिन अवार्ड र स्वीट्जरल्याण्डको फ्रिबर्गजस्ता अन्तर्राष्ट्रिय फिल्म महोत्सव ‘ऐना झ्यालको पुतली’ प्रदर्शन तथा छनोट भएका केही महोत्सवहरु हुन्। 

नेपाली दर्शकमाझमा आफ्नै ठाउँको कथालाई प्रस्तुत गर्ने हेतुले बनेको फिल्म ‘ऐना झ्यालको पुतली’को प्रचारमा पनि निर्माण पक्ष लागेको छ। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मका केही मुख्य अभिनेतासँगै निर्माण पक्षको उपस्थिति थियो। 

छायांकनका क्रममा संखुवासभा पुगेर त्यहाँकै बालबालिकालाई लिएर छायांकन गरिएको थियो फिल्म। संखुवासभामा छायांकन भइरहेको फिल्ममा ‘काठमाडौं जानुपर्छ’ भन्ने कलाकारदेखि कास्टिङ गरिरहँदा संयोगवश भूमिका पाएका कलाकारहरु पनि अहिले काठमाडौं आइपुगेका छन्।

फिल्ममा काम गरेका कलाकारहरुमध्येमा सिरु विष्ट मात्रै परिचित कलाकार हुन्। अरु सबैका लागि सिनेमा, क्यामेरा, फिल्म बनेको नौलो विषय हो। आफूले टेलिभिजनमा फिल्म हेरिरहेको भए पनि फिल्म बन्ने प्रक्रियादेखि फिल्म छायांकनका किस्साहरु भने अन्य कलाकारका लागि फरक अनुभव थियो।

‘छायांकनको क्रममा दुई महिना जति संखुवासभामा बस्यौं’, अभिनेत्री सिरु विष्ट भन्छिन्, ‘त्यो क्रममा कहिले झगडा भयो, कहिले के भयो। तर, फिल्म बनिरहँदाको अनुभव निकै फरक थियो।’

फिल्म छायांकनका क्रममा संखुवासभा पुगेकी अभिनेत्री विष्टले त्यहाँ गाई दुहुनेदेखि गुन्द्री बुन्नेसम्मका क्रियाकलापहरु गरिन्। काठमाडौंमा नगरिने र नगरिएको कामहरुसँग उनले साक्षात्कार हुने मौका पाएकी थिइन्। 

No description available.

सिरु भन्छिन्, ‘एउटा नेपाली चेलीले गाउँमा कति काम गर्नुपर्ने रहेछ, कति संघर्ष गर्नुपर्ने रहेछ, छोराछोरीका लागि भन्ने कुरा देखेँ। मैले त्यो कुराको प्रयास गर्दा त मलाई गाह्रो भयो। त्यो साँच्चै गर्दा कति गाह्रो हुन्छ भन्ने कुरा मैले देखेर आएँ संखुवासभामा।’

सिरुबाहेक फिल्मका सबै कलाकार अभिनय क्षेत्रभन्दा बाहिरका ‘नन–एक्टर’ हुन्। फिल्म संखुवासभामा छायांकन हुनुअघि त्यहाँकै ‘लोकल’ लिने निधोसहित कास्टिङका लागि अडिसन भएको थियो। अडिसन राखिएको स्कुलमा सबैभन्दा अन्तिममा पुग्ने कञ्चन चिमरिया अहिले फिल्मकी प्रमुख पात्रहरुमध्येकी हुन्। फिल्ममा उनले लक्ष्मीको भूमिका निभाएकी छिन्, जो दिदीको रुपमा प्रस्तुत हुन्छिन्।

कक्षा ९ मा अध्ययन गरिरहँदा उनले यो फिल्ममा अभिनय गर्ने मौका पाएकी थिइन्। ‘हाम्रो स्कुलमा सरहरु कास्टिङका लागि आउनु भएको थियो,’ कञ्चन अडिसनको समय सम्झिन्छिन्, ‘अडिसनमा आउनु भन्नु भएको थियो। म अडिसन सकिएपछि अन्तिममा पुगेको थिएँ। त्यहिँबाट म फिल्ममा काम गर्न पाएँ।’

कञ्चनलाई फिल्म कसरी बन्छ? कसरी काम हुन्छ भन्ने थाहा थिएन। ‘ऐना झ्यालको पुतली’मा काम गर्ने मौका पाएपछि उनले यी चरणहरुसँग पनि साक्षात्कार गर्ने मौका पाइन्। फिल्मको प्राविधिक पक्ष त थियो नै, सँगै गाउँ–ठाउँमा हुने घरायसी कामसँग पनि उनले घुलमिल हुन पाइन्। उनी भन्छिन्, ‘धेरै नयाँ कुराहरु जस्तै घाँस काट्नुपर्ने, पराल बोक्नेजस्ता कुराहरु आउँदैन थियो। त्यो पनि सिक्ने मौका पाएँ।’

कञ्चनजस्तै फिल्ममा दिनेश खत्री, उमेश श्रेष्ठ, क्षितिज लिम्बुलगायतका स्थानीय बालबालिकाले अभिनय गरेका छन्। रंगकर्मी तथा निर्देशक केदार श्रेष्ठ तथा आकाश मगरले गरेको कास्टिङ्बाट आएका उनीहरुको अभिनय त फिल्म सार्वजनिक भएपछि नै हेर्न पाइन्छ। तर, मंगलबार आयोजित कार्यक्रममा हिजो पर्दामा सिनेमा हेर्ने यी कलाकारहरुले आज आफू नै पर्दाको एउटा पात्र भएको महसुस गरिरहँदा भने प्रफुल्लित भएको महसुस गराएका थिए।

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
सम्बन्धित सामग्री
कलाकार दीपकराज गिरीले गरे समीक्षा र एलिनाको प्रशंसा शुक्रबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले चौहान र अधिकारीले सुरु गरेको अभियानको प्रशंसा गरेका हुन्। शुक्रबार, असार १३, २०८२
‘लालीबजार’ मा स्वस्तिमा निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको हो। मंगलबार, असार १०, २०८२
हाउसफुल ५ को कलेक्सन २ सय ४४ करोड नाघ्यो निर्माताहरूले साझा गरेको जानकारी अनुसार फिल्मले भारतीय बक्स अफिसमा १९१.८२ करोड भारतीय रुपैयाँ कमाएको छ। साथै, विश्वव्यापी कमाई पनि २... मंगलबार, असार ३, २०८२
ताजा समाचारसबै
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
रुपन्देहीमा पाँचसय परिवारले एकसाथ प्राप्त गरे लालपुर्जा आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्