• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सेनासँग बन्दोबस्तीका सामान किनेर माली मिसनमा जाने सशस्त्रको तयारी एआईजीको संयोजकत्वमा समिति गठन
64x64
नारायण अधिकारी सोमबार, भदौ १३, २०७९  ०७:००
1140x725
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सशस्त्र प्रहरीका सुरक्षाकर्मी (फाइल तस्बिर)

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को आह्वानमा द्वन्द्वग्रस्त अफ्रिकी मुलुक मालीमा शान्ति सैनिकको रुपमा सशस्त्र प्रहरीलाई पठाउने तयारी तीव्र पारिएको छ। मन्त्रिपरिषद्‌ले सशस्त्र प्रहरी बललाई माली मिसनमा पठाउने निर्णय गरेपछि गृह मन्त्रालय र सशस्त्र प्रहरी बल आवश्यक तयारीमा जुटेका हुन्। 

युएनले फर्म्ड पुलिस युनिट (एफपीयु) को रुपमा सशस्त्र प्रहरीलाई खटाउन गरेको प्रस्ताव गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्‌मा पुगेर पास भएपछि सशस्त्र मुख्यालयले थप गृहकार्य अघि बढाएको हो। 

भदौ ६ गतेको मन्त्रिपरिषद्‌ बैठकले सशस्त्र प्रहरीलाई मालीस्थित मिसनमा खटिनका लागि स्वीकृत दिएपछि सशस्त्र प्रहरी प्रधान कार्यालयले आन्तिरिक तयारीलाई तीव्र बनाउँदै काम थालेको हो। आउँदो जनवरीमै मिसनमा खटिनुपर्ने र तयारीका लागि समय थोरै भएकाले तीव्रताका साथ काम अघि बढाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) विदुर खड्काले बताए। ‘समय थोरै छ। त्यहीअनुसार हामीले आन्तरिक तयारी गरिरहेका छौं,’ प्रवक्ता खड्काले नेपाल लाइभसँग भने।

मन्त्रिपरिषद्‌ले मालीमा खटाउने प्रस्ताव पारित गरेसँगै आउँदो जनवरीमा सशस्त्र प्रहरीको १४० जनाको नफ्री खटिने भएको छ। त्यसका लागि सेम्टेम्बरको पहिलो साता मालीस्थित आफ्नो युनिट (एफपीयु) रहने क्षेत्रको भ्रमण गर्ने सशस्त्र प्रहरी प्रधान कार्यालयको योजना छ। त्यसको एक महिनापछि युएनको टोली नै निरीक्षणमा नेपाल आउने छ। युएनको निरीक्षण पास भएपछि बल्ल सशस्त्र प्रहरी बल मालीस्थित मिसनमा खटिने छ।
माली मिसनमा खटिनका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामानहरु जुटाउन पनि सशस्त्रले गृहकार्य सुरु गरिसकेको छ। केही बन्दोबस्तीका सामानहरु यसअघि नै सशस्त्रले खरिद गरिसकेको छ भने नपुग बन्दोबस्तीका सामानहरु तयारी गर्नका लागि गृहकार्य सुरु गरिएको हो। 

सशस्त्र प्रहरी स्रोतका अनुसार समय थोरै भएकाले नेपाली सेनासँग बन्दोबस्तीका सामान खरिद गरेर मिसनमा जाने गृहकार्य अघि बढाइएको छ। त्यसका लागि आवश्यक पर्ने सामानहरुको विवरण संकलनदेखि सेनासँग पनि संवाद अघि बढाइएको छ। 

मालीको किदाल क्षेत्र सुरक्षाका हिसाबले निकै चुनौतीपूर्ण मानिने हुँदा बन्दोबस्तीका सामानहरु पनि धेरै चाहिने सशस्त्रले जनाएको छ। 

माली मिसनका लागि आर्म्ड पर्सनल क्यारियर (एपीसी), अन्य गाडी, अश्रु ग्यास, जेनेरेटर, सेल्फ स्टेशन, मल्टी युटिलिटी भेइकल (एमपिभी) लगायत बन्दोबस्तीका सामानहरु चाहिने सशस्त्रले जनाएको छ। ती सबै बन्दोबस्तीका सामानहरु जुटाउने क्रम जारी रहेको सशस्त्र प्रहरी प्रधान कार्यालयका एक अधिकारीले जानकारी दिए। 

सन् २००२ मा पहिलोपटक एफपीयू मिसनको रुपमा सशस्त्र प्रहरी लाइबेरिया खटिएको थियो। लाइबेरिया मिसन २०७३ सालमै बन्द भइसकेको छ। अहिले दक्षिण सुडानमा मात्रै सशस्त्रको एफपीयु मिसन छ, जहाँ १८० सशस्त्र प्रहरी कार्यरत छन्।

एआईजीको संयोजकत्वमा समिति गठन
माली मिसनमा खटिने सम्पूर्ण तयारी गर्नका लागि सशस्त्र प्रहरीले समिति नै गठन गरेर काम सुरु गरेको छ। सशस्त्र प्रहरी स्रोतका अनुसार मानव स्रोत एवम् प्रशासन विभागका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ। 
समितिले मिसनमा खटिने सशस्त्र प्रहरी टोलीको छनोट, मापदण्ड, तालिम बन्दोबस्तीका सामानहरु लगायतका बारेमा काम सुरु गरिसकेको छ। मिसनमा खटिने टोलीको पारदर्शी छनौट गर्न निश्चित मापदण्ड बनाइने, प्राथमिकताका आधारहरु तय गरेर मापदण्डहरुमा पर्नेमध्ये उत्कृष्ट व्यक्तिलाई छनौट गरेर मिसनमा खटाइने सशस्त्रले जनाएको छ। 

आर्थिक आर्जन राम्रो हुने भएकाले सुरक्षा निकायमा मिसनलाई आकर्षक रुपमा लिने गरिन्छ। मिसन जान सोर्सफोर्स लाग्नेदेखि शक्ति निकटकाले मात्रै अवसर पाउने गरेको भन्ने गुनासो समेत आउने गरेकाले पारदर्शी हिसाबले मिसनमा जानेको छनौट एआईजी पौडेल नेतृत्वको समितिले गर्ने सशस्त्र हेडक्वार्टरले दाबी गरेको छ।

बन्दोबस्तीका सामान खरिदमा सधैं झेल 
मिसनमा आवश्यक पर्ने बन्दोबस्तीका सामान खरिदमा चलखेल हुने गरेको भन्दै हरेकपटक विवाद हुँदै आएको छ। सामान खरिदमा बिचौलियाको प्रवेश हुने र कमिसनको चक्करमा मिलेमतोमा कमसल सामानहरु खरिद हुने गरेको भन्दै हरेकजसो खरिद विवादमा पर्दै आएका छन्।

५ वर्ष अघि पनि करिब ३० करोडका सामान सशस्त्रले खरिद गरेको थियो। उक्त सामानहरु खरिद गर्दा पनि विवाद भएको थियो। ठेक्का प्रक्रियामार्फत् एपीसी खरिद प्रक्रिया अघि बढाइएको थियो। एपीसी खरिद प्रक्रियामा ठूलो कमिसनको चलखेल भएको भन्दै ठेक्का नै रद्द गरेर पछि नेपाली सेनासँग ४ वटा एपीसी खरिद गरिएको थियो। 

५ वर्ष अघि नै खरिद गरेर राखिएका ती सामान अहिलेसम्म प्रयोगमा आएका छैनन्। बिनाकाम, कसिमनकै लागि सामान खरिद गरिएको भन्दै पछि विवाद समेत भएको थियो। 
सामान खरिद गर्दा विवादमा पर्ने भएकाले सामान नै खरिद नगरी मिसन नै खारेज गरेका उदाहरण सशस्त्र प्रहरीमा छन्। 

दुर्जकुमार राई आईजी भएको बेलामा सामान नै खरिद नभएको भन्दै राष्ट्र संघले माली मिसन नै खारेज गरेको थियो।
तर यो पटक भने सशस्त्रले विवादरहित ढंगले सामान खरिद गर्नका लागि सरकार टु सरकार (जीटुजी) अथवा सेनासँग डाइरेक्ट खरिद दुई वटा विकल्प अपनाउने तयारी गरेको छ। 

जब माली उड्न ठिक्क परेको सशस्त्रको १८० जनाको नफ्री नै रोकियो
सशस्त्र प्रहरी दोस्रो पटकको तयारीमा माली मिसन जान लागेको छ। यसअघि पनि मालीका लागि उड्न लागेको सशस्त्रको १८० जनाको नफ्री नेतृत्वको कारणले रोकिनु परेको थियो। 

सबै तयारी भएर माली उड्न लागेको सशस्त्रको १८० जनाको टोली २०७३ माघ २३ गते तत्कालीन सशस्त्र प्रहरी प्रमुख (आईजी) दुर्जकुमार राईको आदेशसँगै रोकिएको थियो। 

मिसनका लागि चाहिने बन्दोबस्तीका सामानहरु पर्याप्त नरहेको भन्दै त्यतिबेला संयुक्त राष्ट्र संघले सशस्त्रको माली मिसन नै खारेज गरेको थियो। 

कल्याण कोषमार्फत् रकम निकासा गरेर आवश्यक बन्दोबस्तीका सामान खरिद गरी मिसनमा जाने र पछि त्यसको सोधभर्ना राष्ट्र संघले गर्दै आएको छ। तर सामान खरिद गर्दा विवादमा आउने भन्दै तत्कालीन आईजी राईले खरिद प्रक्रिया अघि नबढाएपछि राष्ट्र संघले सशस्त्रको माली मिसन खारेज गरेको थियो। 

अहिले फेरि ६ वर्षपछि सशस्त्रले माली मिसनमा सुरक्षाकर्मी पठाउने प्रक्रिया अघि बढाएको हाे। 
 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध  सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएक... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्