• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ १०, २०८२ Sat, May 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
नेविसंघको त्रिवि समिति भंग, ताला खुल्ने-नखुल्ने विषय अझै अन्योलमा
64x64
भूपेन्द्र शाह ठकुरी सोमबार, भदौ २७, २०७९  १७:५३
1140x725
केही समय पहिले त्रिविमा भएको विद्यार्थीको झडप। फाइल तस्बिर।

काठमाडौं- ६ महिनादेखि तालाबन्दी गरिरहेको कांग्रेसनिकट विद्यार्थी संगठनको त्रिभुवन विश्वविद्यालय समिति विघटन भएको छ। सोमबार नेविसंघका केन्द्रीय कार्यसमितिका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै सोमबारदेखि नै त्रिविमा सक्रिय सम्पूर्ण समितिहरू विघटन गरिएको बताएका छन्।

तर, शेर्पाको विज्ञप्तिमा ताला लगाएको वा यससँग सम्बन्धित कारणले समिति(हरू) विघटन गरिएको उल्लेख छैन। न त त्यसप्रति कुनै टिप्पणी नै गरिएको छ। बरु, त्यहाँ फरकफरक 'साथीहरू आ-आफ्नो तवरले सक्रिय' रहेको र 'अब संगठनलाई एक ढिक्का बनाइ थप सशक्त र संगठित गर्ने' उद्देश्यले नेविसंघको महाधिवेशन गर्ने भनिएको छ।

स्पष्ट छ, त्रिविमा नेविसंघका फरकफरक समितिहरू छन्। तिनीहरूले कहिले एक्लै र कहिले संयुक्त रुपमा कार्यक्रम गर्दै आएका छन्।

अध्यक्ष शेर्पाले त्रिवि नेविसंघमा ३२ वर्षमाथि उमेर हद भएकाहरूले नेतृत्व गरेको, लामो समयदेखि नेविसंघका तीन-चार वटा समूह सक्रिय रहेका जस्ता कारण सबै साथीहरूलाई धन्यवाद ज्ञापन गरेर विघटन गरिएको बताए। 

उनले नयाँ अधिवेशनबाट नेतृत्व ल्याउनका लागि मार्ग खुलाएको दाबी गरे। उनले भने, 'त्रिविमा नेविसंघका तीन, चारवटा कमिटी छन्। तीन चार वटा कमिटी भएको अवस्थामा कसरी अधिवेशन गर्नु, त्यसैले अधिवेशन गर्नका लागि नेविसंघ त्रिविका सबै सक्रिय कमिटीहरूलाई विघटन गरिएको हो।' 

त्यसले त्रिविका नेविसंघ समितिहरू विघटनले तालाबन्दी खोल्ने सुनिश्चिता गर्दैन। नेविसंघले लगाएको ताला खोल्ने नखोल्ने विषयमा त्रिविका नेविसंघ विद्यार्थीहरूसँग छलफल गरेर एक–दुई दिनमै निर्णय लिने शेर्पाको भनाइ छ।

'अहिलेको साथीहरूले विश्वविद्यालयमा उठाएका मुख्य तीन मुद्दामा नेविसंघ सकारात्मक छ। तिनलाई ओझेलमा पार्ने काम गरिएको छ। इकोनोमिक्स डिपार्टमेन्टमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने, म्यानेजम्यान्ट प्याकल्टीमा तीनचोटी प्रश्न पत्र दोहोरिएको सन्दर्भमा सो फ्याकल्टीबाहिरका सरहरूलाई छानबिन गर्न लगाउने र परीक्षा सम्पन्न भएर पनि समयमा नतिजा प्रकाशन नभएकाहरूको तत्काल प्रकाशन गर्नु पर्ने मुद्दामा एक मत छ', उनले भने। 

ताला खोल्न आग्रह
त्रिविका १३ महाशाखा प्रमुखहरूले सोमबार नै विज्ञप्ति जारी गर्दै लामो समयदेखि तालबन्दीका कारण निर्वाधरुपमा आफ्ना गतिविधिहरू सञ्चालन गर्न कठिनाइ परिरहेको बताएका छन्। 'निरन्तर तालाबन्दीका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा त्रिभुवन विश्वविद्यालयको गरिमा र प्रतिष्ठामा नकारात्मक असर पर्दै गइरहेको छ', विज्ञप्तिमा भनिएको छ।

Ncell 2
Ncell 2

विज्ञप्तिमा तालाबन्दीका कारण असारदेखिको तलब भत्ता रोकिएको, सेवाग्राहीहरूले सेवा नपाएकोदेखि सेवाग्राहीले समयमा पाउनुपर्ने सेवा पनि नपाएको उल्लेख छ।

'त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालय लगायतका निकायहरूमा लगाइएका तालाहरू यथाशीघ्र खोली आर्थिक तथा प्रशासनिक कार्यहरू सुचारु गर्नका लागि सहयोग गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ', विज्ञप्तिमा भनिएको छ।

किन भयो तालाबन्दी?
सदनसम्म विषय उठ्नेगरी तालाबन्दीको सूत्रधार हो, कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघ। उसले निजी कलेजमा सोधिएका प्रश्न त्रिविको बोर्ड परीक्षामा हुबहु राखिएकोबारे छानबिन गर्नुपर्ने, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, परीक्षाफल समयमै प्रकाशन गर्नुपर्ने, बीबीएको प्रश्नपत्रमाथि छानबिनका लागि पूर्वप्राध्यापकहरूलाई नियुक्त गर्नुपर्ने, विश्वविद्यालयको मर्यादा कायम गर्नुपर्ने जस्ता मागहरू राखेर फागुनदेखि तालाबन्दी गरेको हो।

विघटन हुनुअघिको नेविसंघ त्रिविका उपाध्यक्ष डम्मर साउँदले शान्ति पूर्व तरिकाले नेविसंघले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गरेको भएपनि उपकुलपतिदेखि सम्बन्धित डिनहरूले बेवास्ता गरेको आरोप लगाए।

दलीय आस्थाको रुपमा आफूहरूले लगाएको ताला विपक्षी संगठनहरूलाई उचालेर फोड्न लगाउने, अनेरास्ववियुलाई परिचालन गर्दै शान्तिपूर्ण आन्दोलनलाई विथोलेको, दोहोरो झडप उत्पन्न गराएर विद्यार्थी विद्यार्थीहरूबीच बैमनस्यता कायम गरेको जस्ता आरोप पनि उनको छ।

छानबिन भइरहेको त्रिविको दाबी
प्रश्नपत्र दोहोरिएको विषयमा व्यवस्थापन विभागका डिन प्राडा डिल्लीराज शर्माले छानबिन समितिले काम गरिरहेको दाबी गरे। शर्मा भन्छन, ‘भोजराज (अर्याल) सरको छानबिन समितिले काम गरिरहेको छ। त्यो समिति कार्यकारीले बनाएको हो।'

त्यसको प्रतिवेदन आएमा थाहा हुने उनी बताउँछन्।

उनले विद्यार्थीसँग वार्ता भएको पनि बताए। 'वार्ताचाहिँ धेरै पटक भएको हो। निष्कर्षमा नपुगुञ्जेलसम्म वार्ताको कुनै अर्थ रहेन। वार्ता गर्नुपर्छ। बीचमा भएको पनि थियो', उनले भने।

शर्माले तालाबन्दीकै बीचमा दैनिक प्रशासनिक काम भइरहेको बताउँदै दीर्घकालीन योजनाका काम, पीएचडीका लागि बाहिरबाट बोलाउनुपर्ने एक्सपर्ट, भाइबा गर्नुपर्ने, नयाँ भर्ती खोल्नुपर्ने जस्ता काममा समस्या भएको गुनासो व्यक्त गरे।

'विश्वविद्यालयमा तालाबन्दी विकृति हो'
शिक्षाविद् डा विद्यानाथ कोइरालाले विश्वविद्यालय तालाबन्दीको विकल्प हुनुपर्ने बताउँदै अन्य सिर्जनशील उपाय खोज्न सुझाए।

उनी तालाबन्दीको विषयमा कुनै पनि दलहरू चोखो नरहेको भन्दै विद्यार्थीहरूलाई तालाबन्दीका लागि प्रोत्साहन गरिरहेको बताउँछन्। उनी भन्छन, ‘त्यो चाहे कांग्रेसले सिकाओस्। चाहे एमालेले सिकाओस्। चाहे माओवादीले सिकाओस्। चाहे चन्दवादीले सिकाओस्। बुद्धिको भाँडो यही हो।’

दलहरूकै संगठनहरूले तालाबन्दी गरिरहेको हुनाले विद्यार्थीले पनि त्यसै गरे भन्दा आफूलाई कुनै नौलो नलागेको उनको भनाइ छ।

विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूलाई सिर्जनशील बनाउनुपर्नेमा उनले जोड दिए। त्रिविका प्राध्यापकहरूले पनि पढाउने तरिकामा परिवर्तन गर्नुपर्ने उनको सुझाव छ।

उनी भन्छन, 'विद्यार्थीलाई तपाईंले हड्ताल गरे पनि, नगरे पनि मेरो क्यालेन्डर बन्द हुँदैन। मेरो क्यालेन्डरमा विद्यार्थी पहिला हो भन्ने कुरा मनन् गर्नुपर्छ। त्यसो गर्दा मात्रै विद्यार्थीहरूको सिकाइ उपलब्धि हुन्छ।'

तालाबन्दीको नेतृत्व गर्ने विद्यार्थीहरू दलको भातृ संगठन भएको र सो दलको नेतृत्वले भन्ने हो भने तालाबन्दी खुल्ने उनको भनाइ छ। 'नेविसंघलाई शेरबहादुर देउवा, पार्टी वा गृहमन्त्रीले सिरियस तरिकाले भन्ने हो भने त तालाबन्दी खोलिहाल्छ नि’, उनले भने।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन्। शुक्रबार, जेठ ९, २०८२
नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने कूल ९० प्रतिशत भौतिक प्रगति गरी हाल १० प्रतिशतको काम बाँकी रहेको नागढुङ्गा सुरूङमार्गमा उपकरणहरूको संयोजन चलिरहेको आयोजनाको परामर्शद... शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश अधिवक्ता मधु चौलागाइले गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन्। शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
गोर्खा मिडियाको प्रवन्ध निर्देशक हुनुअघि नै रवि आर्थिक कारोबारमा संलग्न थिए : सर्वोच्च अदालत शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
एक वर्षे कर्जाको ब्याजदर एकल उच्च वा न्यून दोहोरो अंक कायम हुने शुक्रबार, जेठ ९, २०८२
जग्गा मुद्दामा घुस लिने खरिदारसहित तीन जना पक्राउ शुक्रबार, जेठ ९, २०८२
प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर शुक्रबार, जेठ ९, २०८२
गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट पेश शुक्रबार, जेठ ९, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्