• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
64x64
भूपेन्द्र शाह ठकुरी सोमबार, असोज १५, २०८०  १८:१०
1140x725

काठमाडौं– सत्ता साझेदार प्रमुख घटक नेपाली कांग्रेसभित्र सरकारको सेवा प्रवाहलाई लिएर असन्तुष्टि बढ्दै गएको छ। ९ मन्त्रीसहित नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी कांग्रेस सरकारको कामप्रति सन्तुष्ट हुन सकिरहेको छैन।

हालै सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा समेत सरकारको सुशासनका विषयमा चर्चा भयो। सार्वजनिक कार्यक्रममा पनि कांग्रेसका जिम्मेवार सांसदहरूले सरकारको आलोचना गरिरहेका छन्। आइतबार काठमाडौंमा आयोजित १४ औं महाधिवेशनको संकल्प अभियानमा समेत सरकारको कामकाज र सुशासनबारे आलोचना भएको थियो। रुपान्तरण अभियानमा भ्रष्टाचार बेथिति मौलाएको भन्दै सरकारको चर्काे आलोचना भएको छ। 

बैठकलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद प्रदीप पौडेलले सरकारले भ्रष्टाचार र महँगी नियन्त्रण गर्न नसकेको बताए। आर्थिक संकट बढ्दै गइरहेकोमा अर्थतन्त्र लयमा फर्काउनेगरी सरकारले काम गर्न नसकेको आरोप उनले लगाए। ‘सरकार चालू खर्च पनि धान्न नसक्ने अवस्थाका पुगेको छ। महँगी बढिरहेको छ। हामी ०८४ को चुनावलाई हेरेर बसेका हौं भने सत्ता छोडौं,’ उनले भने, ‘केही व्यक्तिलाई मन्त्री बनाउनका लागि हामी सत्तामा गइराख्न पर्दैन।’

यद्यपि,अहिले अर्थ मन्त्रालयको जिम्मेवारी कांग्रेस नेता प्रकाशशरण महतले सम्हालिरहेका छन्।

सांसद पौडेलले कांग्रेसको घोषणापत्रमा १२ लाखलाई रोजगारी दिने उल्लेख भएको स्मरण गर्दै आफूहरू सरकारमा गएको ८ महिनामा के उपलब्धि भयो भनेर प्रश्न गरे। सरकारको समीक्षा हुनुपर्नेमा उनले जोड दिए। सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै उनले भने, ‘प्रचण्डजीको नेतृत्वको सरकारलाई भ्रष्टाचार रोक्न केले रोकेको छ? सरकार भ्रष्टाचार नियन्त्रणमा निर्मम बन्नुपर्छ।’ पार्टीभित्र संस्थापन पक्षले भ्रष्टाचारको पक्षपोषण गरेको इंगित गर्दै उनले प्रक्रियामा गएर दबाब सिर्जना गर्न खोज्दा समेत आफूहरू असफल भएको बताए।

पूर्वमन्त्री एवम् सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले सुशासन दिन नसकेको टिप्पणी गरे। उनले भने, ‘प्रचण्डजीले प्राविधिक रुपमा सरकारको नेतृत्व गरेको भए पनि त्यसको नेतृत्व कांग्रेसले गरिरहेको छ। सरकारमा बहुमत कांग्रेसका मन्त्रीहरू छन्। सरकार गठबन्धनका कारण समस्यामा आएको छ। सरकारसँग आम नागरिकहरू सन्तुष्ट हुन सकिरहेका छैनन्।’ उनले सरकारलाई जवाफदेही बनाउन कांग्रेस नेतृत्वले निर्देशित गर्नुपर्नेमा जोड दिए। मन्त्रीहरू फेरबदल हुनसक्ने बताउँदे उनले सुशासनमा सन्दर्भमा भने सरकार गम्भीर बन्नुपर्ने बताए। 

कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाएर बाहिरबाट सहयोग गर्नुपर्ने बताए। उनले संयुक्त गठबन्धनको सरकारमा समाजवादी मोर्चा बनेकाले साढे दुई वर्ष मोर्चालाई सरकारको नेतृत्व गर्न दिनुपर्ने बताए। 

महामन्त्री थापाले भने,‘माओवादी, जसपा र एकीकृत समाजवादी मिलेर समाजवादी मोर्चा बनाउनुभएको छ । म प्रस्ताव गर्न चाहन्छु, अढाई वर्ष सरकार चलाउन समाजवादीलाई दिऊँ । प्रचण्डजी पहिला, त्यसपछि माधवजी बन्ने कुरा छ । कांग्रेसका मन्त्रीहरू सबै फिर्ता गरौं। हामीले फ्लोरबाट समर्थन गरौँ।’ थापाले बाँकी अढाई वर्ष कांग्रेस एक्लैले सरकार चलाउनुपर्ने र एक्लै जस र अपजस दुवै लिने बताए।

यसअघि असोज ८ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कानुनमन्त्री धनराज गुरुङले सरकारले भ्रष्टाचार काण्डका फाइल अघि बढाउँदा शीर्ष नेताहरू सिंहदरबारमा बसेर रोक्न लागि परेको भन्दै आक्रोश व्यक्त गरेका थिए। मन्त्री गुरुङले नक्कली भुटानी शरणार्थी र ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणलगायत भ्रष्टाचार काण्डको फाइल खोलेर सरकार अघि बढ्न खोज्दा पार्टी नेतृत्वबाट दबाब आएको भन्दै आक्रोश पोखेका थिए।

यता कांग्रेसले भने नेताहरूले व्यक्तिगत मत राखे पनि कांग्रेसको नीति त्यस्तो नभएको बताएको छ। तत्काल गठबन्धन तोड्ने पक्षमा कांग्रेस देखिन्न। कांग्रेस प्रवक्ता मीन विश्वकर्माले अहिले सरकारले गरेका नराम्रा कामको अपजस पनि कांग्रेसले लिनुपरेकाले महामन्त्री थापाले त्यस्तो अभिव्यक्ति दिएको प्रष्ट्याए। नेपाल लाइभसँग कुरा गर्दै प्रवक्ता विश्वकर्माले भने, ‘महामन्त्रीले कांग्रेसका मन्त्रीहरू बोलाउने भनेर निष्कर्ष सुनाउनु भएको होइन। अहिले सरकार गठबन्धनको भएका कारण सरकारको अपजस जति कांग्रेसले भोग्नुपर्ने, जस जति प्रधानमन्त्रीले लिने वा अरु मन्त्रीहरूले लिने भएकाले उक्त अभिव्यक्ति दिनुभएको हो।’ यस्तो अलमलमा बस्नुभन्दा एकलौटी सरकार चलाउन दिनुपर्ने र अढाई वर्ष कांग्रेसले सरकारले चलाउनुपर्ने मत महामन्त्री थापाले दिएको उनको भनाइ छ। ‘हाम्रा पालामा हामी पनि एकलौटी चलाऊँ भनेर राजनीति मन्तव्य राख्नु भएको हो। पार्टीको प्रस्ताव पनि होइन। नीति पनि होइन। निष्कर्ष पनि होइन।’

गठबन्धन सरकारका विषयमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकदेखि तल्लो तहसम्म प्रश्न उठेको बताउँदै प्रवक्ता विश्वकर्माले सरकारलाई सुधारका लागि खबरदारी गरेको बताए। ‘प्रश्न उठ्ने भनेको गठबन्धन टुट्ने गरी होइन, सरकारका काम कारबाही सुधार गर्नका निम्ति हामीले खबरदारी गरेको हो,’उनले भने। सरकारलाई सुधारका लागि पार्टीले ध्यानाकर्षण गराएको, पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा जवाफ दिन लगाएको पनि उनले बताए।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १८:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
आन्दोलनरत चिकित्सकलाई गृहको आग्रह– माग पूरा भइसक्यो, काममा फर्किनुहोस्
सम्बन्धित सामग्री
लामो समय हिंसात्मक र अस्थिर राजनीति रह्यो, अहिले दुई ठुला दलको सहकार्यले स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको उक्त भेटमा दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी र... सोमबार, असार २३, २०८२
कांग्रेस केन्द्रीय बैठक डेढ घण्टा पछि धकेलियो सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः ३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएक... सोमबार, असार २३, २०८२
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक जारी बैठकले दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्ने सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
लामो समय हिंसात्मक र अस्थिर राजनीति रह्यो, अहिले दुई ठुला दलको सहकार्यले स्थितिमा सुधार आउँदैछ : प्रधानमन्त्री सोमबार, असार २३, २०८२
नेपालले काठमाडौंमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै सोमबार, असार २३, २०८२
‘माछा खोलीमा’ बालगीत सार्वजनिक सोमबार, असार २३, २०८२
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
कांग्रेस बैठकमा चन्द्र भण्डारीको व्यङ्ग्य : सभापतिजीले हँसिया धेरै बनाएर घाँस काटेनन् आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्