काठमाडौँ– नेपालले बंगलादेशसँग २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ(एन्फा) का अनुसार आगामी भदौ २१ र २४ गते बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको हो।
दुवै खेल काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ। एएफसी एसियन कप छनोटको तयारीस्वरूप मैत्रीपूर्ण खेल हुन लागेको हो। एसियन कप छनोटमा नेपाल समूह 'एफ' मा परेको छ।
उक्त समूहमा मलेसिया, लाओस र भियतनाम छन्। नेपाल समूहका २ खेल खेले पनि अंकविहीन रहेको छ।
नेपालले अक्टोबर ९ मा समूह चरणको तेस्रो खेलमा भियतनामसँग उसको घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने तालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।