• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य
नवौँ राष्ट्रिय खेलकुद : ४ जिल्लामा छैनन् कुनै खेल, पोखरामा भने पार्टी प्यालेसदेखि स्कुलसम्म 
64x64
रिखिराम जिसी बिहीबार, भदौ ३०, २०७९  ०९:३५
1140x725

पोखरा– नवौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बुधबार खेलस्थल र खेल तालिका सार्वजनिक गरेको छ। सार्वजनिक गरेको खेलस्थलअनुसार अधिकांश खेलस्थल पोखरामा तोकिएको छ। त्यसको कारण पनि अरु जिल्लामा खेलकुद पूर्वाधार नहुनु हो। 

पोखरामा तोकिएका खेलस्थलमा पार्टी प्यालेसदेखि स्कुलसम्म छन्। कबड्डी महिला पुरुषको खेलस्थल रञ्जित पार्टी प्यालेसमा तोकिएको छ। हक्की महिलाको खेलस्थल गण्डकी बोर्डिङ तोकिएको छ। 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अधिकांश खेल पोखरामा केन्द्रित हुने छन्। संरचनाका अभावका कारण सुटिङको प्रतिस्पर्धा काठमाडौं तय हुँदा पुरुष क्रिकेट अहिले काठमाडौंमै सञ्चालन भइरहेको छ। 

बुधबार सार्वजनिक तालिकाअनुसार गण्डकीका ४ जिल्लामा कुनै पनि खेल नहुने भएका छन्। खेल हुने कास्कीबाहेक अन्य ६ जिल्लामा ७ खेलमात्र हुनेछन्। मनाङ, मुस्ताङ, लमजुङ र तनहुँमा कुनै पनि खेल नहुने भएका हुन्। खेलकुद संरचना र खेलाडीको सुरक्षालाई कारण देखाउँदै यी ४ जिल्लामा खेलकुद नहुने जनाइएको छ। 

तयारीको दौरानमा खेलकुद पदाधिकारीले कम्तीमा एउटा खेल सबै जिल्लामा हुने गरी व्यवस्था मिलाउने आश्वासन दिएका थिए। सोहीअनुसार नै नवौं राष्ट्रिय खेलकुद खेलस्थल व्यवस्थापन उपसमितिको टोली गण्डकी प्रदेशका ११ वटै जिल्लाको खेलस्थल निरीक्षणका लागि पुगेका थिए। प्रतिवेदन पनि बुझाएका थिए। तर ७ जिल्लामा मात्रै हुने गरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल सार्वजनिक गरिएको छ।
 
कास्कीबाहेक नवलपुर कावासोतीमा सेपाक्टाक्रो महिला पुरुष र कुस्ती, गोर्खामा बुद्धिचाल, म्याग्दीमा तेक्वान्दो र महिला भलिबल, पर्वतमा कराँते, बागलुङमा आइटिएफ तेक्वान्दो, स्याङजामा महिला फुटबल हुने तय गरिएको छ। अन्य खेल भने पोखरामा हुनेछन्। 

प्राथमिकताको आधारमा खेलस्थल छनोट गरिएको प्राविधिक उपसमिति संयोजक हिमालराज दाहालले बताए। 'खेल हुने अवधिमा जाडो बढेर जान्छ, २/३ वटा कुरा हेर्नुपर्छ। त्यहाँ उपचारको व्यवस्था छ कि छैन, कतिजना खेलाडी जान्छन्, तिनीहरुलाई व्यवस्थापन गर्न सक्ने क्षमता छ कि छैन, ती सबै कुरा हेर्नुपर्छ र खेलस्थल छनोट गर्नुपर्छ,’ उनले भने। 

सार्वजनिक गरिएको खेल तालिकाअनुसार महिला क्रिकेट प्रतियोगिता असोज २३ गतेदेखि सुरु हुनेछ। उसु, फेन्सिङ, कबड्डी महिला पुरुषको खेल असोज २४ गतेबाट सुरु हुनेछन्। प्रतियोगितामा ४०४ वटा इभेन्टमा एक हजार ३८६ पदकका लागि प्रतिस्पर्धा हुनेछन्। 

पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नवौं खेलकुदको वेबसाइट र एप सार्वजनिक गरे। वेबसाइट र एपले सूचना प्रवाहमा सहज पुग्ने अपेक्षा छ। 

प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री, खेलकुद मन्त्री राष्ट्रिय खेलकुद प्रति जिम्मेवार महसुस गरेको मन्त्री गहतराजले बताए। ‘मुख्यमन्त्रीज्यूले, अर्थमन्त्रीज्यूले, खेलकुद मन्त्रीज्यूले जिम्मेवारी महसुस गर्नुभएको छ, हामीले त यति कुरा हुँदाहुँदै पनि विगतजस्तै बुझेछौँ। केन्द्रले सबै पठाइदिन्छ। अनि त्यसपछि हामी त गर्छौं भन्ने बुझेछौं भन्ने उहाँहरुलाई परेछ,’ उनले भने। 

प्रदेशले प्रदेशभित्र खेल सञ्चालन गर्ने, खेलाडी सम्पूर्ण योग्य बनाउने, क्लोज क्याम्प राख्ने जस्ता व्यवस्था रहेको मन्त्री गहतराजले सुनाए। ‘हामीले त्यतिबेला भनेका थियौं, केन्द्रले सानोसानो रुपमा सर्पोट त गर्नेछ तर व्यवस्थापन आफैँ गर्नुपर्नेछ,’ उनले भने, ‘आफ्नो खेल सञ्चालन गर्ने, खेलाडी सम्पूर्ण योग्य बनाउने, क्लोज क्याम्प राख्ने तपार्इंहरुकै काम हो है यो कुरा प्रष्टै छ, यो संवैधानिक व्यवस्था हो।’ 

खेलकुद प्रतियोगिताका लागि तोकिएका खेलस्थलको मर्मत तीव्र गतिमा भइरहेको सदस्य सचिव घिसिङले बताए। ‘धेरैजसो खेलस्थलको मर्मत सकिएको छ र एक हात कुनै खेलस्थलको पनि मर्मत तीब्र बनाइएको छ,’ उनले भने। 

पोखरा सहरलाई खेलमय बनाउन स्ट्न्डी कटआउट, फ्लेक्स व्यानर तथा स्वागतद्वार राख्न स्थानीय तहसँग समन्वय भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रचारप्रसार उपसमिति संयोजक दीपेन्द्र विष्टले बताए। खेल सामग्री, खेलपोसाक लगायत खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको विष्टले दाबी गरे। 

प्रतियोगितको मूलट्रफी ३१ गते शुक्रबार सार्वजनिक गरिने राखेप सदस्य सचिव घिसिङले जानकारी दिए। त्यसलगत्तै ट्रफी सबै प्रदेशमा लगिने उनले बताए। नवौं राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ। 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता आजदेखि हुँदै शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा सातवटै प्रदेशको कबड्डी टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि मधेश सरकारको खेल... बिहीबार, असार १२, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि २६ वडाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ असार १ देखि ८ गतेसम्म जिल्लाव्यापी बृहत... शुक्रबार, जेठ ३०, २०८२
आज अन्तरराष्ट्रिय खेल दिवस दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवाल... बुधबार, जेठ २८, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्