काठमाडौं– आउँदो मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको छ।
म्यादी प्रहरीमा भर्ना हुन चाहनेले बिहीबारदेखि नजिकको जिल्ला प्रहरी कार्यालयमा गएर फारम भर्न सक्नेछन्। प्रहरी प्रधान कार्यालयले निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीमा भर्ना गर्न लागेको हो।
बिहीबारदेखि असोज ६ गतेसम्म तोकिएको स्थानमा दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। दरखास्त फारम सबै जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिने छ। निर्वाचनमा खटिने म्यादी प्रहरीको अवधि ४० दिनको हुने छ।
दरखास्त फारम बुझाउने पहिलो दिन जिल्ला प्रहरी परिसर काठमाडौंमा युवाहरूको भीड लागेको छ। हेरौं तस्बिरहरू :
1663223297.jpg)
1663223295.jpg)
1663223296.jpg)
1663223298.jpg)
1663223295.jpg)
1663223293.jpg)
1663223293.jpg)
1663223292.jpg)
1663223290.jpg)
1663223290.jpg)
1663223301.jpg)
1663223300.jpg)
1663223300.jpg)
1663223298.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।