काठमाडौं– पर्यटनको सिजन सुरु हुनै लाग्दा यस वर्ष मनाङमा हिमपात भयो। नेपालमा दशैंपछि पनि सक्रिय रहेको मनसुनले मनाङमा वर्षकै पहिलो हिमपात भयो।
मनाङको नार्पाभूमि गाउँपालिकाको मेता (३,५६० मिटर) देखि माथिल्लो क्षेत्र र मनाङ ङिस्याङ गाउापालिकाको हुम्डे (३,३०० मिटर)देखि माथिल्लो क्षेत्रमा बस्ती नै ढाकिने गरी हिमपात भयो।
हिमपातले सबैभन्दा बढी पर्यटकहरु प्रभावित भए। हिमपातका कारण विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल पनि सिजनको सुरुवातमै केही दिन पर्यटकका लागि ‘बन्द’ हुन पुग्यो।
स्थानीय प्रशासनले सूचना नै जारी गरेर पर्यटकहरुलाई आफू रहेको स्थानमै बस्न भन्यो। हिमपात रोकिए पनि तिलिचो तालको बाटो खुल्न भने केही दिन लाग्यो।
स्थानीय व्यवसायी र मनाङ ङिस्याङ गाउँपालिकाको पहलपछि असोज २७ गते तिलिचो पुग्ने बाटो खुल्यो।
असोज २८ गतेदेखि तिलिचोमा पर्यटकहरुलाई प्रवेश गर्न दिइयो।
वर्षकै पहिलो हिमपातले तिलिचोको सुन्दरतामा ‘सुगन्ध’ थपिदिएको छ।
हिमपातपछि पहिलोपटक तिलिचो पुग्न पर्यटकहरुले करिब ४ फिटसम्मको हिउँ छिचोल्नु पर्यो।
तिलिचोको आधार शिविर (बेसक्याम्प)मा होटल चलाउँदै आएका कर्मा गुरुङका अनुसार २०७२ सालपछि पहिलोपटक उक्त क्षेत्रमा बाक्लो हिमपात भएको हो।
हिमपातका कारण केही सास्ती खेपे पनि गन्तव्य (तिलिचो ताल)को सुन्दरताले भने सबै दु:ख, कष्ट भुलाइदिएको त्यहाँ पुग्ने पर्यटकहरुको प्रतिक्रिया थियो।
हिमपातपछिको तिलिचो [तस्बिरहरु]:










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।