• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य
एकै खेलमा बाबु–छोरी, स्वर्ण जित्ने सपना
64x64
रिखिराम जिसी बुधबार, कात्तिक २, २०७९  ०८:०४
1140x725

पोखरा– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सफ्ट टेनिसको ‘मिक्स डबल्स’ इभेन्टमा आफ्नो पहिलो खेलमा बागमती प्रदेशले प्रदेश नम्बर १ लाई पराजित गर्‍यो। जित निकाल्ने टिम बागमती प्रदेशको मिक्स डबल्स टिममा थिए–अभिषेक कार्की र आभाना कार्की। जित निकाल्ने त्यो टिमका कार्की बाबुछोरी हुन्। 

बाबुछोरी एउटै टिमबाट सँगै खेल्न पाउँदा सौभाग्य पाएको जस्तो लागेको अभिषेक बताउँछन्। छोरी पनि बाबुसँग खेल्न पाउँदा दंग छिन्। खुसी हुँदै उनले भनिन्, ‘बाबासँग खेल्न राम्रै लागिराछ, खुसी छु।’ 

मिक्स डबल्समा बाबुछोरीको प्रतिस्पर्धा पहिलो हो। यसअघि सिंगलमा दुवै सहभागी भए पनि मिक्स डबल्समा सँगै खेल्ने खेलेका थिएनन्। ‘जोडी टिम कोच र टिम म्यानेजरले दिने हो। टिमले त गोल्ड सबैभन्दा पहिले कल्ले हान्छ त्यो जोडी बनाएको हुन्छ। सधैंभर हामी बाबुछोरी नै पर्छम् भन्ने पनि छैन, पहिलोपटक मिक्स जोडीको रुपमा छौं खुसी छौं,’ अभिषेकले भने।

अभिषेकले सफ्ट टेनिस खेल्न थालेको लगभग १६ वर्ष भयो। २०६३ तिर विराटनगर हुँदाबाट सफ्ट टेनिस खेल्न सुरु गरेको अभिषेक बताउँछन्। उनी भन्छन् ‘विराटनगर हुँदाखेरि सहिदबजार नजिकै नै घर थियो। हेर्दा खेरी राम्रो लाग्यो। २०६३ सालतिरबाट खेल्न सुरु गरे।’ 

छोरी आभाना भने बाबाले खेलेको हेर्दाहेर्दै खेल्न सुरु गरेको बताउँछिन्। ‘बुबाले खेलेको देख्दा मलाई पनि खेल्न मन लाग्यो, अनि निरन्तर खेल्न थाले,’ उनले भनिन्। उनको परिवार अहिले काठमाडौंमा बस्छ। काठमाडौंमा बिदाको दिनमात्रै आफूहरु खेल्ने गरेको अभिषेक बताउँछन्। ‘हामी छुट्टीको दिन मात्र खेल्छौं, अरु दिन आउँदैनौं। छोरी कलेज जानुपर्छ, मेरो अफिस छ,’ उनी भन्छन्।

नवौंमा उनीहरुको स्वर्ण पदक जित्ने लक्ष्य छ। ‘लक्ष्य त जसले पनि गोल्डकै लागि आउँछ नि,’ अभिषेकले भन्छन्, ‘कोसिस गर्न छाड्नु हुँदैन खेलाडी भएर हरेक गेम जित्नकै लागि जाने हो नि हार्नका लागि होइन नि।’ छोरी पनि बाबुको भनाइमा सहमति जनाउँछिन्। उनी भन्छिन्, ‘मेरो पनि गोल्ड हान्ने नै छ, तर प्राक्टिस धेरै गर्नुपर्छ।’

बाबुछोरीको मिक्स डबल्समा नवौं खेलकुद पहिलो भए पनि टिम इभेन्ट र डबल्समा भने यो खेलुकद पहिलो होइन। अभिषेकले सातौं राष्ट्रिय खेलकुद, राखेप, आठौं राष्ट्रिय खेलकुदमा सहभागी जनाएका छन्। सहभागिता मात्र जनाएका छैनन्। सातौं र राखेपमा टिम इभेन्टतर्फ स्वर्ण पदक जित्न सफल भएका छन्। 

छोरी आभाना राखेप र आठौं खेलकुदमा सहभागी भएकी थिइन्। उनले दुवै प्रतियोगितामा टिम इभेन्टमा रजत पदक जिन्त सफल भएकी हुन्। ‘पहिले पनि राष्ट्रिय गेममा भाग लिएका थियौं तर डबल्स भएर खेलेका थिएनौं,’ अभिषेक भन्छन्, ‘आठौं खेलकुदमा २ जनालाई मात्र मिक्स डबल्स खेलाउनु भएको थियो, अहिले सबैलाई मिक्स डबल्स खेलाउनुभयो र हामी पनि पर्‍यौं र मौका पनि पायौं।’

अभिषेक छोरीलाई राम्रो खेलाडी बनाउन चाहन्छन्। ‘उमेर सानै छ, त्यही भएर मेरोभन्दा धेरै अवसर छ। अझै राम्रो प्राक्टिस गराउनुपर्छ,’ अभिषेकले भने। बाबुछोरी दुवैले नवौं खेलकुदमा सफ्ट टेनिसतर्फ अन्य इभेन्टमा पनि भाग लिएका थिए। अभिषेक सिंगलतर्फ प्रि क्वाटरफाइनल र छोरी आभाना क्वाटरफाइनलसम्म पुगेर बाहिरिएका थिए। 

उनीहरुले मिक्स डबल्सतर्फ पहिलो खेलमा जित निकालेका हुन्। उनीहरुले प्रदेश १ लाई पराजित गरेका हुन्। उनीहरुको यो पहिलो खेल हो। पहिलो खेलमा जित निकाल्दा खुसी लागेको अभिषेक बताउँछन्। ‘पहिलो खेल जितियो, राष्ट्रिय खेलकुदमा ठूलै कुरा भन्छु म चाहिँ,’ उनी भन्छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  ०८:०४
  • #नवौं राष्ट्रिय खेलकुद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता आजदेखि हुँदै शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा सातवटै प्रदेशको कबड्डी टोली सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि मधेश सरकारको खेल... बिहीबार, असार १२, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि २६ वडाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ असार १ देखि ८ गतेसम्म जिल्लाव्यापी बृहत... शुक्रबार, जेठ ३०, २०८२
आज अन्तरराष्ट्रिय खेल दिवस दिवसका अवसरमा खेललाई बालबालिकाको समग्र विकासको मेरुदण्डका रूपमा स्वीकार्दै त्यसको प्रवर्द्धन, संरक्षण र प्राथमिकता दिन सबै सरोकारवाल... बुधबार, जेठ २८, २०८२
ताजा समाचारसबै
तस्बिरमा हेर्नुहोस् नेपाल–चीन सीमा क्षेत्रमा बाढीको दृश्य मंगलबार, असार २४, २०८२
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै मंगलबार, असार २४, २०८२
देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह मंगलबार, असार २४, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्