• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
पटक–पटकका प्रतिस्पर्धी, संसद् छिर्न जो यसपटक पनि भिड्दैछन्
64x64
रिखिराम जिसी सोमबार, कात्तिक ७, २०७९  १२:३०
1140x725

पोखरा– मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्याङ्जा १ बाट एमालेका नारायण मरासिनी तेस्रोपटक चुनावी मैदानमा छन्। पहिलो पटक २०७० को निर्वाचनमा उम्मेदवार बनेका मरासिनी त्यतिबेला कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए। उनलाई नेपाली कांग्रेसका राजु थापाले पराजित गरेका थिए। 

मरासिनी २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा दोस्रोपटक उम्मेदवार बने। २०७० सालमा आफूलाई पराजित गर्ने कांग्रेसका थापालाई नै पराजित गर्दै संसद् छिर्ने अवसर पाए। 

२०७४ को निर्वाचनमा मरासिनीले १० हजार ५६४ मतान्तरले कांग्रेस उम्मेदवार थापालाई पराजित गरेका थिए। मरासिनीले ३९ हजार २२६ र कांग्रेसका थापाले २८ हजार ६ सय ६२ मत प्राप्त गरका थिए। त्यतिबेला मरासिनी एमाले र नेकपा माओवादी केन्द्र बीचको वाम गठबन्धनका साझा उम्मेदवार थिए। 

आउँदो मंसिर ४ गते हुने निर्वाचनमा मरासिनी र थापा तेस्रोपटक आमनेसामने हुने भएका छन्। तर, यसपटक मरासिनीलाई अघिल्लोपटकको जस्तो ‘बलियो गठबन्धन’को समर्थन रहने छैन। मरासिनी एमाले ‘एक्लै’का उम्मेदवार छन् भने कांग्रेसका थापा माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनको साथमा मैदानमा छन्। 

सो क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि ३ स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दिएका छन्। तर मुख्य प्रतिस्पर्धा मरासिनी र थापाबीच हुने देखिन्छ। संसद् यात्रालाई निरन्तरता दिने चाहनाका साथ मैदानमा उत्रिएका मरासिनीलाई यसपटक अघिल्लो पटकको जस्तो सजिलो छैन। त्यसो त पटक–पटक ‘परीक्षण’ भइसकेका कांग्रेसका थापालाई पनि जित हासिल गर्न त्यति सहज छैन। 

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनको मतपरिणामअनुसार यो क्षेत्रमा सत्ता गठबन्धन बलियो देखिएको छ। स्थानीय तहको निर्वाचनमा गठबन्धले ३९ हजार ४९४ र एमालेले ३६ हजार ८४५ मत प्राप्त गरेको थियो। बैशाखपछि पनि केही मतदाता थपिएका छन्। जसले गर्दा नयाँ मतदाता र चुनावी अजेण्डाले पनि नतिजामा फरक पार्न सक्छ। 

प्रतिनिधि सभा निर्वाचनका लागि पर्वतमा १२ जनाको उम्मेदवार परेको छ। प्रतिनिधि सभातर्फ एउटा निर्वाचन क्षेत्र रहेको पर्वतमा गठबन्धनबाट उम्मेदवार बनेको कांग्रेसका अर्जुन जोशी र नेकपा एमालेबाट उम्मेदवार बनेका पदम गिरी मुख्य प्रतिस्पर्धी हुन्। जो यसअघि २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनका पनि प्रतिस्पर्धी हुन्। 

गिरी दोस्रोपटक र अर्जुन चौथोपटक संसद् छिर्ने योजनासहित चुनावी मैदानमा होमिएका छन्। कांग्रेसका जोशीले २०५६ सालको संसदीय चुनाव, २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचन र २०७० को दोस्रो संविधान सभा निर्वाचन जित हासिल गरेका थिए। २०७४ को निर्वाचनमा भने गिरीले जोशीको विजययात्रालाई रोकेका थिए। त्यतिबेला गिरी एमाले–माओवादीको वाम गठबन्धनका उम्मेदवार थिए। 

२०७४ को निर्वाचनमा गिरी ३९ हजार २७५ मत ल्याएर विजयी हुँदा जोशीले २६ हजार ८१९ मत प्राप्त गरेका थिए। एमालेका गिरीसँग झण्डै १२ हजार ४५६ मतान्तरले पराजित भएका जोशी यसपटक गठबन्धनको साथ रहेकाले त्यति नै मतान्तरले जित्ने दाबी गर्छन्। 

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनका सो क्षेत्रमा वडाध्यक्षहरुले पाएको मतका आधारमा एमाले गठबन्धनभन्दा अघि छ। एमालेका वडाध्यक्षका उम्मेदवारले ३५ हजार ७१६ मत पाएका थिए। कांग्रेस माओवादीसहितको गठबन्धनका उम्मेदवारले ३५ हजार २०४ मत पाएका थिए। जुन एमालेभन्दा करिब ५०० मत कम हो। 

गोरखा १ बाट प्रतिनिधि सभाका लागि एमालेबाट रामशरण बस्नेत र कांग्रेसबाट राजेन्द्र बजगाईं चुनावी मैदानमा छन्। बस्नेत र बजगाईंले यसअघि २०७४ को प्रदेश सभा निर्वाचनमा गोरखा १ को प्रदेश सभा १ बाट प्रतिस्पर्धा गरेका थिए।

त्यतिबेला वाम गठबन्धनका उम्मेदवार बनेका एमालेका बस्नेतले बजगाईंलाई पराजित गर्दै प्रदेश सभाको यात्रा निश्चित गरेका थिए। १६ हजार ६ सय ५६ मत पाउँदै विजयी भएका बस्नेत गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए। कांगेसका बजगाईंले १३ हजार १ मत प्राप्त गरेका थिए। 

यसपटक भने एमालेका बस्नेत एक्लै रहँदा कांग्रेसका बजगाईंलाई माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धनको साथ छ।

गएको स्थानीय तहको निर्वाचनमा पनि एमाले कमजोर देखिएको छ। गत बैशाख ३० गते भएको स्थानीय तहका निर्वाचनमा उक्त क्षेत्रमा गठबन्धनले ५५ हजार मत प्राप्त गर्दा एमालेले १४ हजार मत प्राप्त गरेको छ।

स्थानीय तहको प्राप्त गरेको मत तुलना गर्दा गठबन्धन तेब्बर मतले अघि देखिन्छ। यसकारण पनि गठबन्धन दल आफ्नो पक्षमा परिणाम आउनेमा ढुक्कजस्तै देखिन्छन्। उक्त क्षेत्रमा प्रतिनिधि सभातर्फ २०७४ सालमा वाम गठबन्धनबाट विजयी हरिराज अधिकारीले २९ हजार ८६० र कांग्रेसका चिनकाजी श्रेष्ठले २६ हजार ६४३ मत प्राप्त गरेका थिए।

प्रकाशित मिति: सोमबार, कात्तिक ७, २०७९  १२:३०
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
तस्बिरमा हेर्नुहोस् नेपाल–चीन सीमा क्षेत्रमा बाढीको दृश्य मंगलबार, असार २४, २०८२
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै मंगलबार, असार २४, २०८२
देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह मंगलबार, असार २४, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्