• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सशस्त्रका असई हत्या प्रकरण: जोडिएन तस्करी, देखियो व्यक्तिगत रिसिइबी!
64x64
नारायण अधिकारी शुक्रबार, कात्तिक ११, २०७९  १६:००
1140x725

काठमाडौं– सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादव हत्याको कारण व्यक्तिगत रिसिइबी भएको खुलेको छ। अहिलेसम्मको अनुसन्धानबाट व्यक्तिगत रिसिइबीकै कारण असई यादवको हत्या भएको खुलेको हो।

हत्या आरोपमा असई यादवकै सहकर्मी सशस्त्रका जवान होमबहादुर खत्रीलाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले हत्याको कारण तस्करी नभई व्यक्तिगत रिसिइबी भएको निष्कर्ष निकालेको छ। सुरुवाती क्रममा सीमावर्ती क्षेत्रबाट हुने तस्करीविरुद्ध उभिएकै कारण असई यादवको हत्या भएको हुनसक्ने आशंका गरेर अनुसन्धान गरेको प्रहरीले व्यक्तिगत रिसिइबीका कारण हत्या भएको निकर्षको निकालेको हो। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अभिनारायण काफ्लेले नेपाल लाइभसँग भने, ‘सामान्य व्यक्तिगत रिसिइबीका कारण नै असई यादवको हत्या भएको देखिएको छ । यसमा अहिलेसम्म अन्य कारण खुलेको छैन।’

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई यादव असोज २० गते मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाको अनुसन्धान गरेको थियो। 

नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर भारततर्फ बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा असई यादवको शव भेटिएको थियो। नांगो अवस्थामा शव भेटिएपछि अनुसन्धान सुरु गरिएको थियो। सो क्रममा सशस्त्रकै जवान खत्री समेतको संलग्नता देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ। 

उनै खत्रीले व्यक्तिगत रिसिइबीका कारण असई यादवको हत्या भएको खुलेको एसपी काफ्लेले बताए । मारिएका असई यादव र जवान खत्री दुवैजना मदिरा पिइरहने र सो क्रममा विवाद हुने गरेको अनुसन्धानबाट खुलेको छ। ‘असई यादवले जवानलाई गाली गर्ने, बेलामा खाना नपकाएको, ड्युटी नगरेको भनेर उनले गाली गर्ने गरेको देखियो।

त्यहाँमाथि यी दुवैजना मदिरा खाएर पटक–पटक विवाद गर्ने गरेको पनि देखियो। आफूलाई गाली गरेको भनेर त्यही रिसिइबीमा जवान खत्रीले असई यादवको हत्या गरेको देखिन्छ’ एसपी काफ्लेले भने। 

पक्राउ परेका जवान खत्रीको विगत पनि नराम्रो रहेको ट्रयाक रेकर्ड देखिएको छ। मदिरा खाएर झगडा गर्ने, ड्युटी नै छाडेर १५÷२० दिनसम्म वेपत्ता भएपछि सहायक हवल्दारबाट एक तह घटुवा गरेर उनलाई जवानमा झारिएको थियो। आफ्नो गाउँ सिरहामा समेत मदिरा खाएर झगडा गरेपछि गाउँलेले खत्रीलाई पक्राउ गरेर प्रहरीलाई बुझाउन लाग्दा माफी मागेपछि छाडिएको पाइएको काफ्लेको भनाइ छ। 

असोज १९ मा असई यादव ड्युटीका लागि भन्दै मोहनपुरतर्फ गएका थिए। सीमा नजिकै रहेको बीओपीबाट केही पर पुगेपछि जवान खत्रीले असईको हत्या गरेको र कपडा खोलेर शव खोलामा बगाएको पाइएको छ। 

एआईजीको टोलीले छानबिन गर्दै

आफ्नै सहकर्मीबाट असई मारिएपछि सशस्त्र हेडक्वाटरले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सीपी (चन्द्रप्रकाश) गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेर छानबिन अघि बढाएको छ ।

असईको हत्या भएको पाइएपछि सशस्त्र प्रहरी हेडक्वार्टरले राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्रका एसपी प्रदीप खड्कालाई हेडक्वार्टर हल्चोक तानेको थियो। उनलाई संगुक्त राष्ट्र संघ (युएन) शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटमा सरुवा गरिएको छ। सप्तरीमा एसपी तीर्थराज पौडेललाई पठाइएको छ। 

बीओपी प्रमुखमा प्रहरी निरीक्षक (इन्सपेक्टर) रहँदै आए पनि उक्त बीओपीमा भने केही समयदेखि सई नै प्रमुखको रुपमा कार्यरत थिए। बीओपी प्रमुख सई कृष्णबहादुर मगर पनि उक्त घटनापछि बिरामी भन्दै सशस्त्र प्रहरी अस्पताल काठमाडौंमा भर्ना भएका छन्। 

सई मगरमाथि पनि सशस्त्र हेडक्वाटरले छानबिन अघि बढाएको। गौतमको समितिले आन्तरिक छानबिन गर्ने र अनुसन्धानमा खटिएका प्रहरीलाई आवश्यक सहयोग गर्ने काम भइरहेको सशस्त्रका सहायक प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले बताए। 
 

यो पनि पढ्नुहोस

एसपीलाई मुख्यालय तानियो, युवतीको प्रयोग गरेर हत्या गरिएको आशंकामा जवान पक्राउ

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ११, २०७९  १६:००
  • #सत्यनारायण यादव
  • #सशस्त्र प्रहरी बल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा ‘अपशब्द’ प्रयोग गरेको घटनामा उनीविरुद्ध  सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएक... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्