• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
प्रतिस्पर्धी झापा- १ मा ‘पहिलो जनअनुमोदन’को खोजीमा कांग्रेस महामन्त्री शर्मा र एमालेका खरेल
64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २९, २०७९  १०:३५
1140x725

काठमाडौं- सुदूरपूर्वको तल्लो भेग मेची किनारवारिको निर्वाचन क्षेत्र झापा- १ मा चुनावी सरगर्मी यति महत्त्वको छ कि यहाँका मुख्य प्रतिस्पर्धी पहिलोपटक जनताको प्रत्यक्ष मतबाट अनुमोदित हुने प्रयत्नमा छन्।

यो क्षेत्रका मुख्य प्रतिस्पर्धी हुन्, कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नीप्रसाद खरेल। खरेल पहिलो पटक उम्मेदवार भएर निर्वाचनको मैदानमा छन् भने शर्मा विगतका दुई निर्वाचनमा उम्मेदवार भएर पनि पराजित भएका थिए। शर्मा यस पटक पहिलेको हारलाई जितमा बदल्ने अभियानमा छन्।

कानुन क्षेत्रका परिचित खरेल यसअघि दुई पटक सांसद र महान्यायाधिवक्ता भएका छन्। उनी कानुनमन्त्री समेत भएका थिए।

शर्मा पार्टी राजनीतिमा महत्त्वपूर्ण महामन्त्री पदमा निर्वाचित भएर चुनावी मैदानमा छन्। दुवैका बीचमा रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ। 

को हुन् शर्मा?
५२ वर्षीय शर्मा नेपाली कांग्रेसका महामन्त्री हुन्। नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीति सुरु गरेका शर्मा २०५७ मा नेविसंघको केन्द्रीय सभापति भएका थिए। त्यसलगत्तै पार्टी राजनीति गर्न झापा झरेका शर्मा जिल्ला सभापतिको प्रतिस्पर्धामा पराजित भए।

Bishwaprakash-sharma1664178784.jpg

करिब २ दशकदेखि यही क्षेत्रमा केन्द्रित शर्मा जनताबाट यो निर्वाचनबाट अनुमोदित भएर संसद् प्रवेश गर्न चाहन्छन्। यसअघि शर्मा २०७० र २०७४ को निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवारी दिएर पराजित भएका थिए।

२०७४ को निर्वाचनमा वाम गठबन्धन गरेर माओवादी केन्द्रका उम्मेदवार राम कार्कीले शर्मालाई पराजित गरेका थिए। शर्माले ३३ हजार ३१० मत प्राप्त गर्दा कार्की ३६ हजार १७३ मत ल्याएर विजयी भएका थिए।

Ncell 2
Ncell 2

त्यसअघि २०७० को निर्वाचनमा शर्माले एमाले नेता रविन कोइरालासँग पराजय ब्यहोरेका थिए।

कांग्रेसको पछिल्लो महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका शर्मा त्यसअघिको कमिटीमा नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारीमा थिए। 

को हुन् खरेल?
६१ वर्षीय खरेल नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन्। विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका खरेल अधिवक्ता भएसँगै पार्टी निकट कानुन व्यवसायी संगठनबाट राजनीतिलाई निरन्तरता दिएका थिए।

1602603780_agni-kharel.jpeg

दुई वटै संविधान सभामा सरकारबाट मनोनित सभासद भएका खरेल केपी ओली नेतृत्वको अघिल्लो सरकारमा कानुन मन्त्रीको जिम्मेवारीमा थिए। केपी ओलीले २०७४ मा पुन: सरकारको नेतृत्व गर्दा उनै खरेललाई नेपाल सरकारको महान्याधिवक्ता बनाएका थिए। 

खरेलले २०७७ फागुनमा महान्याधिवक्ताको पदबाट राजीनामा दिएर निर्वाचनको तयारीका लागि झापा फर्केका थिए। उनी झापा- २ मा केन्द्रित थिए।

पार्टी केन्द्रले मनोनयन दर्ता गर्ने पूर्वसन्ध्यामा क्षेत्र परिवर्तन गराएर क्षेत्र नम्बर १ मा पुर्याएपछि खरेल यो क्षेत्रका आम मतदातासमक्ष नयाँ परिचय दिएर मत माग्दै छन्। 

दुई-दुई पटक सांसद भएसके पनि खरेल जनताको प्रत्यक्ष मतबाट पहिलो पटक निर्वाचित हुने प्रयत्नमा छन्। 

यस्तो छ अङ्कगणित
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए। त्यही गठबन्धनबाट शर्मा अहिले पनि प्रतिस्पर्धामा छन्।

उक्त निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २४ हजार ५९ मत प्राप्त गरेका थिए। त्यस्तै, माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ३ हजार ९०५ मत प्राप्त गरेका थिए।

एक्लै प्रतिस्पर्धा गरेको एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार २३२ मत प्राप्त गरेका थिए। यस्तै, राप्रपाका वडाध्यक्षका उम्मेदवारले ५ हजार ८३० मत, एकीकृत समाजवादीका उम्मेदवारले १ हजार २५२ मत र स्वतन्त्र लगायत अन्य दलले ४ हजार ६५२ मत प्राप्त गरेका थिए।
 
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलबाट उम्मेदवार बनेका वडाध्यक्षले प्राप्त मतलाई विश्लेषण गर्ने हो भने एमाले फराकिलो मतले अगाडि देखिन्छ। 

त्यसका साथै एमाले-राप्रपाको गठबन्धनले खरेललाई पछिल्लो अङ्कगणितले थप सहज त हुन्छ तर दुई दशकदेखि यही क्षेत्रमा केन्द्रित शर्मा आफैँमा कम प्रभावशाली व्यक्तित्व हैनन्।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १०:३५
  • #प्रतिस्पर्धी
  • #अग्नी खरेल
  • #विश्व प्रकाश शर्मा
  • #प्रतिनिधि सभा निर्वाचन २०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सेयर बजार दोहोरो अंकले बढ्यो
उदयपुरमा यौनधन्दा चलाउने र संलग्न १३ जनाविरुद्ध मुद्दा दर्ता
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
सेयर बजार दोहोरो अंकले बढ्यो बिहीबार, जेठ ८, २०८२
उदयपुरमा यौनधन्दा चलाउने र संलग्न १३ जनाविरुद्ध मुद्दा दर्ता बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
कर्णाली स्वास्थ्य विज्ञान र सुष्मा कोइरालाबीच जलन उपचारसम्बन्धी सम्झदारी बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्