• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
राजनीतिमा छिटो छलाङ मारेका खड्काको यसरी सुरु भयो ओरालो यात्रा
64x64
रिखिराम जिसी मंगलबार, कात्तिक २९, २०७९  २१:०७
1140x725

पोखरा– कुनै बेला मुख्यमन्त्रीका नजिकका पात्र थिए– कुमार खड्का। नयाँ कानुन बनाउन होस् या नयाँ बजेट मुख्यमन्त्रीका दाहिने हातका रुपमा खड्का उभिरहन्थे। 

तत्कालीन अखण्ड पार्टीका अध्यक्ष रहेका खड्का प्रदेश सभा सदस्य बन्ने सर्तसहित २०७४ मा कांग्रेसमा समाहित भए। सोहीअनुसार उनी कांग्रेसबाट समानुपातिक सांसद बने। पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार हुँदा सार्वजनिक लेखा समितिका सभापति रहे। 

पछि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढल्यो। कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बन्यो।

पार्टी नेतृत्वको निकटम रहेका खड्का मन्त्री बन्न केन्द्रीय नेताबाट सिफारिसमा पर्न सकेनन्। उनको प्रभावसाली उपस्थितिका कारण मुख्यमन्त्रीको एकल रोजाइमा पर्दै खड्का १ नम्बरमा मन्त्री बने। मुख्यमन्त्रीसँगै खड्काले विनाविभागीय मन्त्रालयको २०७८ जेठ २९ गते सपथ लिए। असार ११ गते सामाजिक विकास मन्त्रालय र साउन ८ गते भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाए। मन्त्री मात्र बनेनन् सरकारका प्रवक्तासमेत रहे। एउटै क्षेत्रमा रहेका कुमार खड्का र विन्दूकुमार थापाबीच संसद् छिरेपछि नै टकराब सुरु भएको थियो। पार्टीका केन्द्रीय नेताको मन जित्दै थापा पनि केही समय पछि मन्त्री बने। 

एउटै पार्टीबाट मन्त्री बनेपनि दुवै प्रतिस्पर्धीकै रुपमा देखिन्थे। चुनाव नजिकिएसँगै खड्का र थापाबीचको टकराब छताछुल्ल देखिन्थ्यो। दुवै एउटै निर्वाचन क्षेत्रबाट निर्वाचन लड्न चाहन्थे। मन्त्री रहेका बेला खड्काले प्रत्यक्ष चुनाव लड्ने भन्दै आफ्नो वडामा चालु आर्थिक वर्षका लागि १६ करोड बजेट विनियोजन गरेका थिए। 

खड्काले आफू पक्षका नेता कार्यकर्तालाई भेला गरी प्रत्यक्षमा चुनाव लड्ने बताएका थिए। खड्का र थापा टिकटका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्रसम्म लबिङ गरे। देउवानिकट मानिने खड्का टिकटको प्रतिस्पर्धामा भने असफल भए। अन्ततः प्रदेश सभातर्फ क्षेत्र नम्बर २ ‘ख’ मा थापाले टिकट पाए। कांग्रेसले थापालाई उम्मेदवार बनाएपछि खड्का असन्तुष्ट बनेका थिए। 

असन्तुष्ट बनेका खड्कालाई अन्ततः मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार बर्खास्त गरेका छन्। उनलाई मुख्यमन्त्री र कानूनमन्त्री विन्दूकुमार थापालाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेका हुन्। चुनावका बेला गठबन्धनलाई असहयोग गरेको भन्दै बर्खास्त गरिएको बताइएको छ। खड्कालाई बर्खास्त गरिएसँगै भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालय मुख्यमन्त्री पोखरेलले लिएका छन्। 

यसअघि मुख्यमन्त्री पोखरेलले हरिशरण आचार्यलाई ऊर्जामन्त्रीबाट बर्खास्त गरेका थिए। गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश सभाका उम्मेदवार फणिन्द्र देवकोटाको चुनाव प्रचारमा नलागेको भन्दै आचार्यलाई बर्खास्त गरिएको थियो। 

छिट्टै छलाङ मारेका खड्का 

राजनीतिमा छिटो छलाङ मार्ने नेतामध्येका एक हुन् कुमार खड्का। क्षेत्री एकता समाजबाट सांगठनिक गतिविधिमा सहभागी भएका थिए उनी। पहिलो संविधानसभामा तत्कालीन एमाओवादीले लगाएको जातीय नारापछि क्षेत्रीहरूका नाममा खड्कालगायत मिलेर क्षेत्री समाज खोले।

त्यसलाई निर्वाचन घोषणा भएलगत्तै २०७० साल जेठ ९ गते नयाँ पार्टी अखण्ड नेपालको नाममा दल दर्ता गराए। खड्का क्षेत्री समाजको महासचिव र अखण्ड पार्टीको सभापति बने। २०७० मंसिर ४ गते भएको दोस्रो संविधान सभा निर्वाचनबाट अखण्ड पार्टीले समानुपातिकतर्फ एक सिट प्राप्त गर्‍यो। खड्का अखण्ड पार्टीबाट सिफारिस भए। त्यसपछि समानुपातिक सांसद बन्न पुगे। 

जातीय राज्य हुनु हुँदैन भन्दै क्षेत्री–बाहुनको जातीय नारा बोकेर सांसद बनेका खड्का प्रचण्ड प्रधानमन्त्री हुँदा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी पाए। पछि सरकार ढलेपछि २०७४ मा प्रदेश सांसद पाउने सर्तमा पार्टीलाई कांग्रेसमा समाहित भए। 

यो पनि पढ्नुहोस

गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  २१:०७
  • #कुमार खड्का

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्